२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

मन्त्रीको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराए पछि…

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले प्रयोग गर्दै आएको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ ।

ललितपुरको जाउलाखेलमा ट्राफिक नियम उल्लंघन गर्दै ‘नो पार्किङ’मा बा२२च २५८३ नम्बरको गाडी पार्किङ गरेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको हो ।

यो पनि
विदेशबाट फर्किएका कृष्णले श्रीमतीको हत्या गरेर भाग्न खोज्दा …

चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् । भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई आइतबार राती करिब साढे १० बजेको समयमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

कृष्णप्रसादले आफ्नै घरको तीन तला माथि रहेको बैठक कोठामा श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भई उपचारको लागी रुष्मालाई पुरानो मेडिकल कलेज लगिएकोमा आइतबार राती नै १०ः४० बजेको समयमा चिकित्सकले मृत घोषणा गरे ।

खुकुरी प्रहार गर्ने निजका श्रीमान् सोही तीन तला माथिबाट हाम फाली भाग्न खोज्दा श्रीमानको पनि मृत्यु भएको अधिकारीले बताए । हाम फालेर भाग्न खोज्दा गम्भीर घाइते भएका कृष्णप्रसादको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राती ११ बजे मृत्यु भएको हो । कृष्णप्रसाद हालै वैदेशिक रोजगारीबाट फर्किएका थिए ।

२०७९ श्रावण ९, सोमबार प्रकाशित 0 Minutes 157 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार