२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

५० लाख रुपैयाँ पाउँदा पनि बाबुको भूमिकामा अभिनय गर्न मानेनन् राजेश हमालले, तर एकै बोलीमा स्विकारे विपिनले

महानायक राजेश हमाल उमेरले ५८ वर्षमा दौडिरहेका छन् । तर पनि अहिले आएर यो उमेरमा आएर बाबुको भूमिकामा देखिन अस्किार गरेका छन् ।५० लाख रुपैयाँ पारिश्रमिकको अफर गर्दा पनि राजेशले फिल्म ‘छड्के २’मा बाबुको भूमिकामा अभिनय गर्न अस्विकार गरेका हुन् ।

राजेश अस्किार गरेको उक्त भूमिकामा पनि लोकप्रिय अभिनेता विपिन कार्कीले भने बिनासर्त अभिनय गर्न तयार भएका छन् । विपिन अहिले ३९ वर्षीय वर्षका भए ।

रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘फूलबारी’मा विपिनले बाबुको रोल गर्न तयार भएको निर्माण यूनिटले जनाउको छ ।बाबुको भूमिकामा अभिनय गर्न तयार भएका ३९ वर्षिय अभिनेताले यो आफ्नो करियरकै सबैभन्दा चुनौतीले भरिएको क्षण भएको उल्लेख गरेका छन् ।फूलबारीमा मुख्य भूमिकामा दयाहाङ राई र विपिन कार्की मात्र फाइनल भएको र अन्य कलाकारहरुको खोजी भइरहेको निर्देशक गुरुगंले जानकारी दिए ।

सन्तान र अभिभावकबीचको सम्बन्धको कथा पेश गर्ने फिल्ममा विपिनले अवकाशप्राप्त स्कुलका प्रिन्सिपलको भूमिका गर्न लागेका हुन् । विपिनले यो चरित्रमा देखिन आफू मनोवैज्ञानिक रुपमै तयार भइसकेको प्रतिक्रिया दिएका छन् ।

उता महानायक हमालले भने बाबुको भूमिका निर्वाह गर्न ‘छड्के २’ मात्र नभएर यसअघिका केही फिल्मबाट आएको अफरलाई पनि अस्किार गर्दै आइरहेका छन् ।

२०७९ श्रावण ९, सोमबार प्रकाशित 0 Minutes 204 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार