२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

भक्तपुरमा रुख ढ’लेर बस र स्कुटरलाई च्याप्दा तीनको मृ’त्यु

काठमाडौं । भक्तपुरमा रुख ढ’लेर बस र स्कुटरलाई च्याप्दा तीनको मृ’त्यु भएको छ । आइतबार भक्तपुरको भक्तपुर नगरपालिका–१ सल्लाघारीमा काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्या’प्दा तीनको मृ’त्यु भएको हो ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा एक जना नितेज खर्बुजा रहेका छन्, भने बाँकी दुई जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घा’इतेहरुको भक्तपुरस्थित इवामुरा अस्पताल र भक्तपर अन्तर्राष्ट्रिय अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको र सल्लाको ठूलो रुख ढलेकाले हटाउन केही समय लाग्ने बताइएको छ ।

यो पनि : जनकपुरधाम:बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका–२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका–२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो । शव परीक्षणका लागि लहानस्थित प्रदेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

काठमाडौ:बाराका सरकारी कार्यालयका पर्खाल र भर्‍याङभरि भगवान्का तस्बिर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई रोक्न अन्तिम उपायस्वरूप भगवान्का तस्बिर भित्तामा टाँस्नुपरेको हो ।

मालपोत कार्यालय, नापी कार्यालय, नगरपालिका, विभिन्न सरकारी बैङ्कलगायतका कार्यालयका भर्‍याङ, पर्खाल र भित्ताका कुनामा तस्बिर टाँसिएका छन् । जथाभावी थुक्नेलाई पाँच सय रुपियाँ जरिवाना लिइने भनी लेखिएका पोस्टर झुन्ड्याइएका छन् तर त्यसको उपेक्षा हुँदै आएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कतिपयले भगवान्का तस्बिर टाँसिएको स्थानमा समेत थुक्ने गरेको पाइन्छ ।नापी कार्यालय कलैयाका प्रमुख चन्दन दासले भन्नुभयो, “सेवाग्राहीलाई जथाभावी नथुक्न अनुरोध गर्‍यौँ तर अनुरोध नमानेपछि भर्‍याङका भित्तालाई सफा राख्न भगवान्का तस्बिर टाँस्नुपरेको हो ।”

२०७९ श्रावण ८, आईतवार प्रकाशित 0 Minutes 135 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार