२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

फेरि बढ्यो बस भाडाः २० किलोमिटरमाथि ४० रुपैयाँ

काठमाडौं । सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा वृद्धि गरेको हो ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकामा बस चढ्ने बित्तिकै २० रुपैयाँ तिनुपर्ने यसअघिको प्रावधान यथावत राखिएको छ ।उपत्यकामा सुरुको दर अर्थात् पाँच किलोमिटर सम्मको गाडी भाडा २० रुपैयाँ नै कायमै छ ।

१० किलोमिटरसम्मको भाडा भने २५ बाट २७ रुपैयाँ पुर्याइएको छ ।त्यस्तै १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२ र २० किलोमिटरसम्मको भाडा ३३ बाट ३५ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ बाट ४० रुपैयाँ पुगेको छ ।

उपत्यका बाहिरका क्षेत्रमा भने यसअघिको भाडामा ८.३९ प्रतिशतले वृद्धि गरिएको छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७९ श्रावण ७, शनिबार प्रकाशित 0 Minutes 101 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार