२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

सरकारी कार्यालयका कर्मचारी मुस्कुराउनै पर्ने, नत्र ६ महिनाको तलब काटिने

एजेन्सी । नेपालमा सरकारी कर्मचारीले कार्यालयमा सेवाग्राहीसँग राम्रो व्यवहार गर्नुपर्ने तथा मिजास र मुस्कान सहित सेवा प्रवाह गर्नुपर्ने भनिए तापनि बाध्यता छैन । तर फिलिपिन्समा भने सरकारी कर्मचारीहरु कार्यालयमा मुस्कुराउनै पर्ने भएको छ ।

कार्यस्थलमा मुस्कान नछर्ने सरकारी कर्मचारीमाथि जरिवाना हुने भएको छ । हो, फिलिपिन्सको एक सहरका मेयरले मुस्कान नीति लागू गरेका छन् । जस अनुसार सहरका हरेक सरकारी कार्यालयमा कर्मचारीहरुले मुस्कान सहितको सेवा प्रदान गर्नुपर्नेछ ।

सरकारी कर्मचारीहरुले जनतासँग राम्रो व्यवहार नगर्ने र गजक्क पर्ने गरेको भन्दै गुनासो आएपछि ती मेयरले यस्तो नियम लागू गरेका हुन् । यो नीतिले सरकारी कर्मचारीप्रति जनताको सोचमा परिवर्तन आउने र कर्मचारीहरुले पनि सेवाग्राहीप्रति उचित व्यवहार गर्ने अपेक्षा गरिएको छ ।

फिलिपिन्सको लुजन द्वीपस्थित क्युजन प्रान्तमा पर्ने मुलाने सहरका मेयर एरिस्टोटल अगुरीले सहरका सरकारी कार्यालयहरुमा ‘स्माइल पोलिसी’ लागू गरेका हुन् । नियम पालना नगर्ने कर्मचारीहरुको अधिकतम ६ महिनाको तलब काटिने वा जागिरबाटै निलम्बन गरिनेछ ।

२०७९ श्रावण ७, शनिबार प्रकाशित 0 Minutes 114 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार