
इन्डोनेसियामा आकस्मिक अवतरण गरे लगत्तै एक जना विमानचालकको मृत्यु भएको छ । इन्डोनेसियामा यात्रुवाहक विमानका पाइलट बिहीबार उडान भरेको १५ मिनेटपछि स्वास्थ्य आपतकालिन अवस्थामा पुगेपछि उनलाई अस्पताल पुर्याउनुअघि नै उनको मृत्यु भएको हो।
यात्रु र चालक दलका बाँकी सदस्य सकुशल थिए र उडान पछि नयाँ विमान र चालक दलका सदस्य सबैलाई सकुशल अवतरण गराएका थिए ।
सिटिलिंकका कार्यकारी निर्देशक देवा काडेक राईले घटनाको पुष्टि गर्दै भने, ‘पूर्वी जाभा प्रान्तमा रहेको जुआन्डा अन्तर्राट्रिय विमानस्थलमा बिहीबार बिहान चालकले विमानलाई आकस्मिक अवतरण गरेका थिए भने उनलाई तत्काल नजिकैको एक अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा त्यहाँ निधन भएको छ ।’
उनको के कारणले मृत्यु भएको भन्नेबारे अस्पतालले तत्काल कुनै प्रतिक्रिया दिइसकेको छैन । दक्षिण सुलावेसी प्रान्तको उजुङ पाण्डाङबाट १०० जना यात्रु बोकेर विमानले उडान सुरू गरेको करिब १५ मिनेटपछि चालकले आकस्मिक अवतरणका लागि अनुरोध गरेका थिए ।
उनले विमानलाई सकुशल अवतरण गराएपछि यात्रुलाई अर्के विमानबाट गन्तव्यमा पुर्याइयो भने चालकलाइ अस्पताल लगियो । तर अस्पतालले लगत्तै उनको मृत्यु भएको घोषणा गरेको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।