२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

यो तस्वीरले दुनियाँ स्तब्ध : बाटोमै घण्टौ छटपटाएर आमाले जन्माएको शिशुलाई बर्कामा पोक्याइयो

काठमाडौं । एउटा तस्वीर देख्दा विश्व स्तव्ध हुनेछ ।यो उत्तर आधुनिक युगमापनि महिलाको यस्तो अवस्था छ ? भनेर विश्वले नेपालमाथी प्रश्न उठाउनुपर्ने यो तस्वीरले अवस्था सृजना गरेको छ ।

संविधानमा महिलाको हक, स्वास्थ्यको हक, समानताको हक… अनेकौँ हक राखिएका छन् । तर नेपालको दुर्गममा महिलाको अहिलेपनि अवस्था यस्तो छ ।बाजुराको स्वामिकार्तिक १ मुक्तिकोटकी एक आमालाई राति ११ बजेतिर सुत्केरी बेथाले च्याप्यो । उहाँ छटपटाइरहनुभयो । मध्यरात, अविरल झरी, त्यसमाथि स्वास्थ्यचौकी टाढा ।

परिवारका सदस्यले भोलिपल्ट बिहान मात्रै गाउँनजिकको स्वास्थ्य केन्द्र पुर्‍याए । सामुदायिक स्वास्थ इकाइमा कर्मचारी नहुदा स्वास्थ केन्द्र पुगेर घर फर्किदा बाटोमै बच्चा जन्माउन पुग्नुभयो ।

उहाँ त्यो बेला कयौँ समय बाटोमा नै छटपटाउनुभयो । आफूले ओढेको बर्कोमा पोको पारेर बच्चाको ज्यान जोगाउनुभयो ।न यहाँ राष्ट्रपति महिला उत्थान कार्यक्रमको हेलिकोप्टर पुग्यो । न त राज्यको कुनैपनि स्वास्थ्य सुविधा यी आमा र शिशुले पाउँनुभयो ।

उपचारको अभावले कालाजारबाट बाजुरामा एक जनाको मृत्यु

बाजुराको बुढीनन्दा नगरपालिका–१ बस्ने ५२ वर्षीय पर्वलाल गुरुङको कालाजारका कारणले मृ`त्यु भएको छ। कालाजारबाट थलिनुभएका उहाँको उपचार अभावमा मृ`त्यु भएको स्थानीय हिक्मत वडले बताउनुभयो ।

नेपाल सरकारले कालाजारको जाँच देखि उपचारसम्म निःशुल्क गर्ने व्यवस्था गरेको भएपनि पर्वलालको भने उपचार नपाएर मृ`त्यु भएको छ। कालाजारबाट थलिएका पर्वलाललाई कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले रिफर गरेको थियो। तर पर्वलालसँगै पैसा नहुँदा उपचारमा अभावमा घरमै मृ`त्यु भएको उहाँकी श्रीमती पानकलाले बताउनुभयो ।

पर्वलालको मृत्युसँगै उहाँको तीन जनाको परिवार बिच्चलीमा परेको छ। कालाजारबाट निकै सिकिस्त हुनुभएका उहाँलाई आफूहरूले नेपालगञ्ज वा काठमाडौं जानु भनेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिका डाक्टर चेत बहादुर धामीले बताउनुभयो ।

२०७९ श्रावण ५, बिहीबार प्रकाशित 0 Minutes 112 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार