२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

महानगरपालिकाले एकाएक फेरि जारी गर्यो यस्तो सूचना, काठमाडौंबासीहरुलाई हुनेभयो ठूलो तनाव !

काठमाडौँ । काठमाडौं महानगररपालिकाले यहाँका बासिन्दाहरुलाई तनाव हुने सूचना जारी गरेको छ । उपत्यकाको फोहोरमैला विसर्जनस्थल बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट जाने सिसडोल स्थित भ्याली–१ को सडक निर्माण कार्य सूचारु गर्न फोहोरमैला विसर्जन गर्न जाने सवारी साधनको आवतजावतले कठिनाई उत्पन्न हुने भएकोले महानगरले एक हप्ता फोहर नउठाउने भएपछि फेरि १ हप्तालाई तनाव हुने भएको हो ।

बुधबार सूचना प्रकाशित गरी महानगरले निर्माण कार्यलाई द्रुत गतिमा सञ्चालन गर्नको लागि उक्त सडक खण्डमा कम्तीमा एक हप्ता सवारी आवागमन बन्द गरिदिन शहरी विकास तथा भवन विभागबाट लेखि आएको जनाएको छ।

उक्त अवधिसम्म आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिक स्थलमा नफाली घर भित्रै छुट्टाछुट्टै राखी दिन पनि महानगरले आग्रह गरेको छ। यस्तै यता काठमाडौँ उपत्यकाभित्रै हैजाको महामारी फैलिएको वर्तमान समयमा सर्वसाधारणले पैसा तिरेर पिउने पानीमाथि पानी उत्पादन कम्पनीले अत्यन्तै लापरवाही गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित विभिन्न खानेपानी कम्पनी अनुगमनका क्रममा यस्तो लापरवाही भेटिएको हो । सर्वसाधारणले प्रतिबोतल तथा जारलाई रु २० देखि रु ५० सम्म तिरेर पिउँदै आएका यहाँका विभिन्न खानेपानी कम्पनीले अत्यन्तै पुराना जार, कुहिएको लेउसमेत भेटिएका जारलाई अनुगमन टोलीले नष्ट गरेको छ ।

विभिन्न ब्राण्डका खानेपानीको जारभित्र कीरा र लेउ भेटिएको जनगुनासो बढेपछि जिप्रकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ता महासङ्घ, जिल्ला घरेलु कार्यालय, उद्योग वाणिज्य सङ्घ, पत्रकारलगायत विज्ञ र सरोकारवाला निकायसहितको टोलीले अनुगमन गरी खानेपानीमा लापरवाही भएको पाइएको हो ।

यहाँका विभिन्न खानेपानी उद्योगको स्थलगत अनुगमनमा फेला परेका सयौँको सङ्ख्याका पुराना जार नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । पुराना जारको अत्यधिक प्रयोगले पानीमा कीरा र लेउसमेत भेटिएकाले मानवीय स्वास्थ्यसँग खेलवाड गरेको पाइएको जनाउदै उहाँले भेटिएका त्यस्ता जारलाई नष्ट गरी पानी उद्योगलाई सचेत गराइएको बताउनुभयो ।

खानेपानी उद्योगहरूको गम्भीर गल्तीका कारण जनतालाई कीरा खुवाएर मानवीय स्वास्थसँग गम्भीर खेलवाड गरिरहेको समेत पुष्टि भएको भन्दै उहाँले त्यस्ता उद्योगलाई कारबाहीको दायरामा ल्याउने बताउनुभयो । अनुगमनका क्रममा पानी उद्योगबाट दुईवटा उद्योगको पानी परीक्षणका लागि नमूना सङ्कलन गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको छ ।

२०७९ श्रावण ५, बिहीबार प्रकाशित 0 Minutes 274 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार