२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

केटा ब्राह्मण केटी परियार अन्तरजातीय बिबाह गर्दा घर निकाला ( भिडियो हेर्नुहोस् )

केटा ब्राह्मण केटी परियार अन्तरजातीय बिबाह, घर निकाला। परिवर्तन हुनुपर्छ पनि भन्छन अनि परिवर्तन को सुरुवात गर्दा पनि नानाथरी आलोचना र दुख। अन्तरजातीय बिहे गरेका यी दुई सुन्दर जोडी सन्तोष दवाडी र नितु परियार को अन्तरवार्ता हेरियो निकै भावुक बनायो।

दुबैले आफूले माया गरेको मान्छे त पाए तर परिवारबाट टाढिनुपर्‍यो, परिवार र समाज सँग जीवनको नाता तोडियो, घर निकाला पनि भए छन धेरै दुख पाएछन यी जोडीले। जातकै आधारमा छुवाछूत गर्नु मानव सभ्यताकै धज्जि उडाउनु हो।

पशुहरुले त एकअर्कालाई छुवाछूत गर्दैनन् हामी त मानव हौ अलिकति इज्जत बचेको छ भने लाज मानौ। मानव सभ्यताको कलंकको रुपमा रहेको जातीय प्रथा अन्त्य गरौ। अन्तरजातीय बिबाह गर्ने यी सुन्दर जोडीलाई बधाई एवं सुन्दर भविष्यको कामना गर्दछौ !!

यस्तै,, -याप गायनमा आधारित रियालिटी शो नेपहपको श्रीपेचका विजेतालाई श्रीपेच मुकुट प्रदान गरिएको छ । मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपहपका विजेता साइमन बिष्ट (भाइबर साइमन) लाई नेपहपको श्रीपेच प्रदान गरेका हुन् । शोका जज समेत रहेका मेयर साहले पञ्चधातुबाट निर्मित मुकुट प्रदान गरेका हुन् । यसअघि ग्राण्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ निर्माण गरेर विजेतालाई प्रदान गरिएको हो । यसअघिको मुकुटप्रति बौद्ध धर्मगुरुहरुले आपत्ति जनाएपछि फिर्ता गरिएको थियो ।

कार्यक्रममा बोल्दै विजेता साइमनले नेपालको फस्र्ट -याप रियालिटी शो जित्न पाउँदा खुशी लागेको बताए । यसअघि लगाएको श्रीपेच केही विवादका कारण नयाँ प्रदान गरिएको र मुकुट पाएकोमा खुशी लागेको बताए । अहिले प्रदान गरिएको श्रीपेच अन्तर्राष्ट्रिय हिपहपहरुले पनि लगाउने र यसलाई इन्टरनेटमा हेरेर डिजाइन गरिएको आयोजकले जनाएको छ ।

२०७९ श्रावण ५, बिहीबार प्रकाशित 1 Minute 197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार