२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

काठमाडौँको जोरपाटीमा‘बोरिङ खन्ने क्रममा लेदोसहितको ग्यास निस्कियो’

काठमाडौँ:काठमाडौँको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्याससहितको लेदोमाटो निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा बिहान ९ः३० बजेको समयमा लेदो माटोसहितको फोहरा निस्किएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जोरपाटी चोक नजिक बिहान ३०० फिट खनेपछि सुरुमा ग्यासजस्तो पदार्थ देखिएको र पछि लेदो मिसिएर आएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यो क्रम अहिले पनि जारी रहेको छ । यसरी निस्किएको फोहरा घरभन्दा माथि पुगेकाले वरपरका अन्य केही घरमा समेत लेटोमाटो पुगेको छ । उक्त घटनाको अनुसन्धानका लागि खानी तथा भूगर्भ विभागका अधिकारीलाई बोलाइएको प्रहरीले जनाएको छ । अहिले सो क्षेत्र सुरक्षा सतर्कता अपनाइएको छ ।

२०७९ श्रावण ४, बुधबार प्रकाशित 0 Minutes 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार