२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आउँदा इण्डियन आयल कर्पोरेसनले पनि नेपाल आयल निगमलाई मूल्य घटाएको हो।

नेपाल आयल निगमका अनुसार शनिवार नेपाल आएको मूल्यसूची अनुसार पेट्रोलमा १५ रुपैयाँ ६० पैसा र डिजेलमा १६ रुपैयाँ मूल्य घटेको छ। अझै निगमलाई घाटा नै रहेको निगमले जनाएको छ।

निगमका अनुसार अझै पनि पेट्रोलमा १४ रुपैयाँ र डिजेलमा २२ रुपैयाँ घाटा रहेको छ। नेपालमा अब मूल्य घटाउने वा नघटाउने विषयको निर्णय गर्न भने निगमको बोर्ड बैठक बस्नुपर्ने छ। बोर्ड बैठकको निर्णय अनुसार मूल्य घटबढ हुँदै आएको छ। बोर्डको प्रमुख उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेश पाण्डे रहेको छन्।

यो पनि, गृहमन्त्री र गृहसचिवले एक वर्षमा शान्ति सुरक्षाको नाममा १ करोड ३८ लाख ५ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । उनीहरुले उक्त रकम आर्थिक वर्ष २०७७/७८ मा खर्च गरेको महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

मन्त्रिपरिषद्को २०५० जेठ १३ गतेको निर्णयानुसार शान्ति सुरक्षा कायम राख्ने प्रयोजनको लागि एक पटकमा गृहमन्त्रीले ५० हजार रुपैयाँ र गृहसचिवले २० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था रहेको छ ।

सोही व्यवस्थाअनुसार आर्थिक वर्ष २०७७/७८ मा गृहमन्त्रीले ६२ लाख ५० हजार रुपैयाँ र गृहसचिवले ७५ लाख ५५ हजार रुपैयाँ खर्च गरेको महालेखाले जनाएको छ । अर्थमन्त्रीले भन्दा गृहसचिवले उक्त वर्ष शान्ति सुरक्षाको नामममा १३ लाख ५ हजार रुपैयाँ बढी खर्च गरेको देखिएको छ ।

‘निर्णयमा एक पटकको खर्चको सीमा तोकिए तापनि साप्ताहिक, मासिक वा कुनै निश्चित अवधि किटान नगरेकोले स्पष्टतासहित अवधि किटान गरिनुपर्दछ,’ महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ । उक्त वर्ष गृहमन्त्रीमा रामबहादुर थापा ‘बादल’ र गृहसचिवमा महेश्वर न्यौपाने रहेका थिए ।

२०७९ श्रावण १, आईतवार प्रकाशित 0 Minutes 560 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार