
काठमाडौं असार ३१
नेपाल प्रहरीका लागि हतियार खरिदको विषय अहिले पेचिलो बनेको छ। देशमा विदेशी मुद्रा संचिति कम रहेको बेला प्रहरीको लागि ‘काम नलाग्ने’ भनिएका हतियार खरिद लागिएको हो ।
यसमा ६० करोड कमिशनको सेटिङ रहेको समाचार बिजपाटीले यस अघि नै प्रकाशन गरेको थियो । जसमा विचौलिया व्यापारी दीपक भट्टको ‘इन्ट्रेस्ट’मा हतियार खरिद गरिन लागेको उल्लेख थियो।
यसमा बल पुग्ने गरि उनै भट्टको एक भिडियो सार्वजनिक भएको छ । भिडियोमा भट्ट हतियार खरिदको लागि डिल गरिरहेको देखिन्छन् ।
कान्तिपुर टेलिभिजनले सार्वजनिक गरेको भिडियोमा उनले आफुले नै प्रतिपक्षी पार्टी, र संसदको लेखा समिति तथा राज्य ब्यबस्था समिति सबै तिर मिलाउने उल्लेख गरेका छन् । त्यस्तै उनले परेको खण्डमा चीन र भारतलाई पनि मिलाउने बताएका छन् ।
यसमा बल पुग्ने गरि उनै भट्टको एक भिडियो सार्वजनिक भएको छ । भिडियोमा भट्ट हतियार खरिदको लागि डिल गरिरहेको देखिन्छन् ।कान्तिपुर टेलिभिजनले सार्वजनिक गरेको भिडियोमा उनले आफुले नै प्रतिपक्षी पार्टी, र संसदको लेखा समिति तथा राज्य ब्यबस्था समिति सबै तिर मिलाउने उल्लेख गरेका छन् । त्यस्तै उनले परेको खण्डमा चीन र भारतलाई पनि मिलाउने बताएका छन् ।
उक्त भिडियो बाहिरिए संगै दीपक भट्टको ‘इन्ट्रेस्ट’मा हतियार खरिद गरिन लागिएको प्रष्ट भएको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।