२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

करोडौंमा किनेको स्मार्ट लाइसेन्स छाप्ने मेसिन एक वर्षमै बिग्रियो

काठमाडौं । यातायात व्यवस्था विभागले करिब ३ करोडमा किनेको स्मार्ट सवारी चालक अनुमतिपत्र लाइसेन्स छाप्ने मेसिन एक वर्ष नहुँदै बिग्रिएपछि फेरी समयमा नै लाइसेन्स पाउने सम्भावनामा धक्का लागेको छ ।

महालेखा परीक्षकको ५९औं प्रतिवेदनले वारेन्टी दिएर किनएको मेसिनको मर्मत पनि नगरिएको औल्याएको छ ।

चार थान स्मार्ट कार्ड प्रिन्टर खरिद गर्नका लागि विभाग र एक कम्पनीबीच १५ अक्टोबर २०१७ मा अमेरिकी डलर २ लाख ४४ हजारको सम्झौता भएको थियो । महालेखाका अनुसार प्रिन्टरको २४ फेब्रुअरी २०१९ मा जारी गरेको स्वीकार्य प्रमाणपत्रमा वारेन्टी अवधि ३ वर्ष उल्लेख छ ।

प्राविधिक स्पेसिफिकेसनमा समेत वारेन्टी अवधि ३ वर्ष उल्लेख गरी खरिद सम्झौता भएको देखिएकोले स्वीकार्य प्रमाणपत्रमा जारी मितिले वारेन्टी अवधि २४ फेब्रुअरी २०२२ सम्म अवस्था थियो ।

तर ४ थान स्मार्ट कार्ड प्रिन्टर २०२० देखि नै बिग्रिएको महालेखाले जनाएको छ । आपूर्तिकर्ता कम्पनीले वारेन्टी अवधिमा मर्मत गरेको नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।खरिद सम्झौताको विशेष शर्त १५.१ मा स्मार्ट कार्ड प्रिन्टरको १० प्रतिशत भुक्तानी वारेन्टी सकिएपछि मात्र गर्ने उल्लेख छ ।

तर, वारेन्टी अनुसार मर्मत सुविधा नदिएकोले भुक्तानी बाँकी रहेको १० प्रतिशतले हुने अमेरिकी डलर २४ हजार ४०० को हुने रू. २९ लाख ३२ हजार भुक्तानी गर्न नमिल्ने महालेखाको ठहर छ ।

२०७९ असार ३०, बिहीबार प्रकाशित 0 Minutes 290 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार