२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

पालिकाले सुबिधा दिएको गाडी बेचेर सडकका खाल्टा टाल्ने रोलर किन्दै धरानका मेयर हर्क !

पालिकाले सुबिधा दिएको गाडी बेचेर सडकका खाल्टा टाल्ने रोलर किन्दै धरानका मेयर हर्क***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकारी सुविधामा पाएको गाडी नचढ्ने घोषणा गरेका छन्।यसअघि उपमहानगरपालिकाका मेयरले प्रयोग गर्दै आएको गाडी प्रयोग नगर्ने बरु त्यसलाई बेचेर रोलर किन्ने घोषणा गरेका हुन् ।

यस्तै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यका कारण धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आक्रोसित भएका छन् । एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले स्वतन्त्रबाट निर्वाचित भएको भन्दै हेपेर बैठकमा प्रस्तु भएपछि मेयर साम्पाङ आक्रोसित भएका हुन् ।

उनीहरुले विरोध मात्र गरेनन् आर्थिक बर्ष २०७९/८० को बजेट पास गर्न नदिने अडान समेत राखेका थिए । साथै, उपमेयर कोष खारेज गर्न माग गरेका थिए । मेयर र उपमेयरले त्यसको जवाफ दिएका थिए ।

तर, धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० बजेट सर्वसम्मत पारित भएको छ । बिहीबार भएको नगर सभाबाट बजेट पारित भएको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर भट्टराईले जानकारी दिए ।

धरानले असार १० गते एक अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । कूल बजेटमध्ये चालूतर्फ ८३ करोड ३७ लाख ७२ हजार ४४२ र पूँजीगतर्फ ८१ करोड ९५ लाख ५० हजार ५५८ र वित्तीय व्यवस्थातर्फ तीन करोड २५ लाखको बजेट विनियोजन भएको छ ।

बजेट पारित हुनअघिको कार्यपालिका बैठकमा भने विवाद भएको थियो । मेयर राई बजेट पारित गर्न नदिएको भन्दै कार्यपालिका सदस्यसित बैठकको सुरुमै आक्रोशित बनेका थिए ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****।

२०७९ असार २९, बुधबार प्रकाशित 0 Minutes 347 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार