
काठमाण्डौँ । बाग्मती नदीमा माछा मार्नेक्रममा एक जना युवकले डल्फिनजस्तो देखिने अनौठो माछा फेला पारेका छन् ।रौतहटको बाग्मती नदीमा राजकुमार सहनी मल्लाहले माछा मार्ने क्रममा त्यस्तो माछा भेटेका हुन् ।
माछाको तौल ११ किलोभन्दा बढी रहेको छ । सो माछालाई बिक्रीका लागि पिपरा बजा रमा ल्याएपछि हेर्नेको घुइँचो लागेको स्थानीय सञ्चारकर्मी प्रभातकुमार झाले बताए ।
दुर्गाभगवती गाउँपालिकाको पिपरा भलोहिया गाउँका मल्लाहले दुर्गाभगवती गाउँपालिकाकै बाग्मती नदीको पिप रा घाटमा मंगलबा र माछा मार्ने क्रममा जालमा डल्फिनजस्तो देखिने माछा फेला परेको हो।
गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले सोमबा र बाग्मती नदीकिनारमा रहेको बडहर्वा जाने क्रममा सोमबार बाग्मती नदीमा डल्फिन माछाजस्तो माछाको एउटा ठूलो समूह नदीको पानीमा उफ्रि रहेको आफूले देखेको बताएका छन्। बाग्मती नदीमा यस्तो माछा कहिल्यै नदेखिएको बताएका छन् । यसबारे बाँकी अनुसन्धान हुन बाँकी छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।