२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

प्रतिकिलो एक सय रूपैयाँभन्दा बढीले घट्यो कुखुराको मासु

कुखुराको मासु एक महिनाको बीचमा प्रतिकिलो एक सय रूपैयाँभन्दा बढीले घटेको छ। एक महिना अघि प्रतिकिलो चार सय ५० रूपैयाँमा बिक्री भएको मासु हाल तीन सय ४५ रूपैयाँमा बिक्री भइरहेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए।

पछिल्लो समय मागभन्दा बढी कुखुरा उत्पादन भएकाले मूल्य घटेको उनले बताए। ‘अहिले उत्पादन धेरै छ। उत्पादन बढेपछि मूल्य घट्नु स्वभाविक हो,’ उनले भने। यो समयमा विगतमा पनि कुखराको मासुको मूल्य घट्ने गरेको उनको भनाई छ। हालको मूल्यभन्दा अझै मूल्य घट्ने संभावना भने नरहेको उनले बताए।

एक महिनाको बीचमा एक सय भन्दा बढी घट्नु धेरै हो,’ उनले भने, ‘अब घट्दैन होला।’

भोलीदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने

काठमाडौं, २८ असार ।

निर्वाचन आयोगले भोलीदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । आयोगले आज जारी गरेको विज्ञप्तिमा फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।

आयोगले ‘वेबबेस्ट भोटर लिस्ट प्रि–रजिस्ट्रेसन सिस्टम’ तयार गरेर काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) सेवा सुरु गरिएको जनाएको छ । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाईनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोगको वेबसाईटमा गई व्यक्तिगत विवरण भरि जिल्ला निर्वाचन कार्यालयमा अनलाईनबाटै आवेदन पेश गर्न सक्नेछन् ।

सो पश्चात् अनलाईन फाराममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नु पर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

२०७९ असार २८, मंगलवार प्रकाशित 0 Minutes 328 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार