२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

पल शाहलाई रिहा गरि समिक्षा लाई: छानबिन गर्न बालेनको शाहको आदेश

फेरि अर्को नया खबर हामिले फेसबुक गुरुप बाट प्राप्त गरेका छौ । त्यो खबर हामिले फेसबुक ग्रुप मा भेटेका छौ । त्यो ग्रुप मा पोस्ट गरेको आईडी हेर्दा फेक जस्तो पनि देखिन्छ । त्यो फेसबुक आईडिको नाम चै हाम्रो अर्घाखाँची भनेर आईडी मा लेखेको थियो । हामिले सोही पोस्ट हेडलाईन बनाएर हजुर सामु देखाउन खोजेका हौ भने फोटो गुगल बाट बनाएका हौ । यो पनि पढ्नुहोस ।

केही दिनदेखि सानुकान्छा महर्जन ललितपुरस्थित किष्ट मेडिकल कलेजमा बिरामी कुरूवा बसिरहेका छन्। काठमाडौंको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगर बस्ने उनी श्रीमती राधा र साला हरिगोपाल प्रजापतिको कुरूवा बसेका हुन्।

राधाको बुधबार मात्रै मिर्गौला प्रत्यारोपण गरिएको हो। शंखरापुर नगरपालिका-६ साँखुका भाइ हरिगोपालले राधालाई मिर्गौला दिएका हुन्। उनको मिर्गौला प्रत्यारोपण गरेपछि सानुकान्छा अहिले ढुक्क छन्। धेरैपछि खुसी पनि छन्। राधाको मिर्गौला प्रत्यारोपण गर्न उनलाई सहज भने भएको थिएन।

राधा र हरिगोपाल एकै आमाबुवाका सन्तान हुन्। भाइले आफ्नै दिदीलाई मिर्गौला दिन चिकित्सकले हुन्छ भने पनि उनीहरूको नागरिकता बाधक बनेको हो। राधा सुगरकी बिरामी थिइन्। उनलाई सुगर भएको १८ वर्षभन्दा बढी भइसकेको थियो। त्यसैबीच २०७६ चैत ११ गते लकडाउन भयो। कोरोना भाइरसको महामारीले देश नै ठप्प बनेपछि राधाको उपचारमा पनि असर पर्‍यो।

उनले नियमित खाँदै आएको औषधी पनि खान पाइनन्। ‘त्यतिबेला सबै ठप्प भयो। त्यसपछि राधाले पनि औषधी छाडेर बसेकी रहिछन्,’ सानुकान्छाले सेतोपाटीसँग भने,‘औषधी खान छाडेको नै तीन महिना भइसकेको रहेछ। मलाई पनि त्यतिबेला थाहै भएन।’

राधाले औषधी छाडेको कुरा कसैलाई पनि भनिनन्। नियमित जाँच गर्नको लागि जानुपर्ने पनि कोरोनाभाइरसको कारणले उनीहरू गएनन्। राधाले औषधी छाडेको कुरा कसैलाई पनि भनिनन्। नियमित जाँच गर्नको लागि जानुपर्ने पनि कोरोनाभाइरसको कारणले उनीहरू गएनन्।

‘चेकअप गर्न जाऔंभन्दा पनि डाक्टरहरूले पनि नजिकबाट हेर्दैनन्। टाढाबाट मात्रै हेर्ने हो भन्ने कुराहरू सुनेपछि हामी पनि गएनौं,’ उनले भने, ‘तीन महिना जे छ त्यही खाएर बस्यौं। त्यसो भएपछि समस्या हुन थाल्यो।’

सरकारले दसैंको लागि लकडाउन खुला गर्दासम्म राधाको स्वास्थ्यमा पनि समस्या आइसकेको थियो। दसैंलगत्तै सानुकान्छाले राधालाई सुमेरू अस्पतालमा लगेर भर्ना गरिदिए। सुरूमा औषधी नभएको कारणले दुई महिना जति त प्रत्यारोपण नै गर्न सकिएन। पछि फेरि औषधी आयो भन्यो।

तर उहाँ फेरि बिरामी भएर आइसियू नै बस्नुपर्ने भयो,’ उनले भने, ‘सुमेरूमै ६ दिन अस्पतालमा भर्ना हुनुभयो। फेरि डाक्टरले स्वास्थ्यको उपचार गर्दा अहिले मिल्दैन भन्नुभयो।’डाक्टरले त्यत्तिबेला मिर्गौला प्रत्यारोपण गरे पनि कुनै अर्थ नहुने बताएपछि त्यतिबेला पनि रोकियो। डाक्टरले नै केही महिना कुर्नुस् भनेपछि उनीहरूले पनि कुरे।

२०७९ असार २६, आईतवार प्रकाशित 1 Minute 267 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार