२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

खुसिको खबर: फेरी सरकारले ह्वात्तै घटायो पेट्रोल र डिजेलको मूल्य सुचीसहित

पेट्रोल र डिजेलको मूल्यमा लगातार बढोत्तरीपछि आलोचना खेपिरहेको सरकारले इन्धनमाथि लगाइएको कर (एक्साइज ड्यूटी) लाई कम गरेर मूल्य घटाएको हो ।नयाँदिल्ली। भारत सरकारले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।

अब भारतमा पेट्रेल हालभन्दा प्रति लिटर ९ रुपैयाँ ५० पैसा र डिजेल ७ रुपैयाँले सस्तो भएको छ । वित्तमन्त्री निर्मला सीतारमणले पेट्रोलमा ८ र डिजेलमा ६ रुपैयाँ प्रति लिटर एक्साइज ड्यूटी घाटाउने निर्णय गरेको जानकारी सार्वजनिक गरेकी छन् ।

जसकारण आम उपभोक्तालाई राहत हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री उज्जवला योजना अन्तर्गत खाना पकाउने ग्यासमा पनि प्रति सिलिन्डिर २ सय रुपैयाँ छुट दिएर आम मानिसले खरीद गर्ने सिलिन्डरलाई सस्तो बनाइएको छ । २२ मार्चपछि भारतमा लगातार इन्धनको मूल्यवृद्धि हुँदै आएको थियो। भारतमा सबैभन्दा महँगो महाराष्ट्रमा प्रति लिटर पेट्रोलको मूल्य १ सय २३ रुपैयाँ ४६ पैसा पुगेको थियो । आन्ध्र प्रदेशमा प्रति लिटर डिजेलको मूल्य १०७ रुपैयाँ ६१ पैसा थियो ।

नयाँदिल्लीमा पेट्रोल मूल्य १ सय ५ रुपैयाँ ४१ पैसा र डिजेल ९६ रुपैयाँ ६७ पैसा छ । शनिबार मध्यरातिबाट उक्त मूल्यमा कमी आउनेछ । थप अर्को समाचार पनि पुरै पढ्नुहोस । काठमाडौं । नेपाली बजारमा एलजी ब्राण्डको नयाँ एयर कन्डिस्नर (एसी) भित्रिएको छ । कम्पनीले ‘एलजी थिनक्यू’ एपबाट चलाउन मिल्ने एसी नेपाली बजारमा ल्याएको हो ।

‘यो एसी वाई-फाईमार्फत जुनसुकै ठाउँबाट आफ्नो मोबाइबाट चलाउन सकिन्छ । साथै आफ्नो आवाजले पनि वाई-फाईबाटै नियन्त्रण गर्न सकिन्छ,’ सिजी इलेक्ट्रोनिक्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । डुअल इन्भटर्र कम्प्रेसर प्रविधि भएको एसी सबै मौसमका लागि उपयोगी हुने जनाइएको छ ।

कम्पनीका अनुसार एन्टीभाइरस फिल्टर सुविधासहितको एसीले अनावश्यक प्रदूषण, किटाणुहरु ९९.९ प्रतिशतसम्म नष्ट गरी वातावरणलाई स्वस्थ राख्छ ।साथै एसीले ७० प्रतिशत बिजुली बचत गर्नुका साथै छिटो तातो र मौसस अनुसार छिटो चिसो पार्ने क्षमता राख्ने कम्पनीको दाबी छ ।

२०७९ असार २६, आईतवार प्रकाशित 1 Minute 32310 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार