२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

बजारमा घट्न थाल्यो कच्चा तेलको भाउ

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ओरालो लागेको छ । बिहीबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०१ डल**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

रमा झरेको छ । गत जेठ १७ गते प्रतिब्यारेल १२४ डलर पुगेको थियो । त्यस्तै डब्लूटीआई तेलको मूल्य प्रतिब्यारेल ९८ डलरमा झरेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

कच्चा तेलको मागमा सुस्तता आएसँगै भाउ घट्न थालेको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****हालै अमेरिकी बहुराष्ट्रिय लगानी बैंक सिटी ग्रुपको एक रिपोर्टले २०२२ को अन्त्यसम्म कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल ६५ डलरसम्म आउन सक्ने चेतावनी दिएको छ ।

तेल उत्पादक संघ ओपेकको हस्तक्षेप नहुनु र लगानीमा आकर्षण घट्नुले मूल्यमा कमी आउने सो ग्रुपको चेतावनीले यतिबेला विश्व तेल बजारमा तरंग पैदा गरेको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

रुसले युक्रेनमा आक्रमण गरेसँगै यूरोपियन मुलुकहरुले रुसबाट तेल आपूर्तिमा प्रतिबन्ध लगाएपछि तेलको मूल्य अकस्मात बढेको थियो । पछिल्लो समय चीन, भारत लगायत मुलुकले रुसबाट सस्तो दरमा तेलको माग बढाएका छन् ।

कच्चा तेलको मूल्यले अप्रत्यक्ष रुपमा नेपालीको भान्सासम्म प्रभाव पार्दछ । नेपाल आयल निगम (एनओसी)ले भारतीय आयल कर्पोरेसन (आईओसी)बाट तेल खरिद गर्दै आएको छ ।

आईओसीले प्रशोधन खर्च र कच्चा तेलको मूल्यअनुसार नेपाललाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्य सूची पठाउँछ । त्यही मूल्यसूचीका आधारमा एनओसीले नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटबढ गराउँछ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानी खर्च समेत बढ्न गई दैनिक उपभोग्य वस्तुको भाउ समेत बढ्न जान्छ । पेट्रोलियम पदार्थको मूल्यकै कारण हाल नेपालसहित कतिपय मुलुकमा मूल्यवृद्धि चुलिएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

सिटी ग्रुपको प्रक्षेपण रिपोर्टअनुसार कच्चा तेलको मूल्य घटेमा समग्र देशको मूल्यवृद्धि नियन्त्रणमै दवाब पुग्नेछ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

२०७९ असार २४, शुक्रबार प्रकाशित 0 Minutes 1492 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार