
काठमाडौं २२ असार । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । हवाई इन्धनको मुल्य बढेसँगै वायुसेवा सञ्चालक संघ हवाई भाडा पाि बढाएको छ ।
हवाई भाडा बढेसँगै अब काठमाडौंबाट धनगढी पुग्न अधिकतम १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ । हवाई भाडा बढ्यो, अब काठमाडौंबाट धनगढी पुग्न १७ हजार २५ रुपैयाँ लाग्ने, अन्य पुग्न कति लाग्छ
त्यसैगरी, काठमाडौंबाट पर्वतीय उडानको भाडा १४ हजार ८९० रुपैयाँ , काठमाडौंबाट सिमराका लागि अधिकतम ४ हजार २४० रुपैयाँ भाडा लाग्ने भएको छ ।
हवाई इन्धनको मुल्य अब १८५ रुपैयाँ प्रतिलिटरबाट १९० रुपैयाँ पुगेको छ ।
काठमाडौंबाट कटुवा पेस्तोलसहित अनिल र धिरज फिल्मी शैलिमा समातिए :कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका(१ ठाडगाउँबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको जनाएको हो ।
पक्राउ पर्नेमा ठाडगाउँका २६ वर्षीय धिरज मुखिया र ३५ वर्षीय अनिल मुखिया रहेका छन् । उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल बरमद गरेको प्रहरीले जनाएको छ ।
बुधबार बिओपी पिपरपातिबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनीहरूको साथमा कटुवा पेस्तोल फेला पारेको जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।