२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

इन्धन खपत घटाउन सरकारलाई १० बुँदे सुझाव : शनिबार गाडीरहित बिदा घोषणा !

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई १० बुँदे सुझाव दिएको छ। डिजेल, पेट्रोल, मट्टितेल र ग्यासको आयात कसरी घटाउन सकिन्छ भन्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मागेको रायअनुसार निगमले सुझाव दिएको हो।

जसमा ठूलो उद्योगले डिजेल र ग्यास प्रयोग नगरी विद्युत् प्रयोग गर्नुपर्ने, शनिबार सबै गाडीरहित सार्वजनिक बिदा घोषणा गरिनु पर्नेलगायत सुझाव समेटिएका छन्***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

लागत अनुरूप मूल्य समायोजन हुन नसक्दा आपूर्तिमा सहजता ल्याउन कठिन देखिएको निगमले जनाएको छ। विदेशी मुद्रा खर्च गरी महँगो मूल्यमा आयात गर्नुपर्ने पेट्रोल सकेसम्म कम गरी विद्युतीय खपत गर्न निगमले सर्वसाधारणलाई आह्वान गरेको छ।

माग र मूल्य अत्यधिक बढ्दै गएपछि निगमले खपत घटाउन सरकारलाई सुझाएको हो। निगमले कोटा प्रणाली र जोरबिजोर प्रणाली लागू गर्न भनेको छ। कार/जिपलगायत साना सवारीसाधनलाई २० लिटर र मोटरसाइकल/स्कुटरलाई पाँच लिटरमात्रै इन्धन दिन प्रस्ताव गरेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७९ असार २३, बिहीबार प्रकाशित 0 Minutes 225 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार