२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

काठमाडौंको मुल सडकको अग्लो रुखमा युवा झुण्डिएको अवस्थामा फेला

काठमाडौं । राजधानी काठमाडौंको मुल सडकको अग्लो रुखमा एक जना युवा झुण्डिएको अवस्थामा फेला परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका ढकाल ड्राइभिङ अगाडिको रुखमा युवा झुण्डिएको अवस्थामा देखिएको हो ।

अहिले प्रहरी घटनास्थल पुगेको छ । त्यहाँ रुखबाट शवलाई निकाल्ने प्रयास भइरहेको छ । तल निकालेपछि मात्र मृतक युवा को हुन् भन्ने पहिचान खुल्नेछ । अहिले प्रहरीले शव निकाल्ने काम गरिरहेको छ । वरिपरि मानिसहरुको भीड लागेको छ ।

कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो ।

बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन् । त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइ गर्न गएकी थिइन् । पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो ।

घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र अर्जुन घाइते भएका छन् । दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।

धन्सारले पुरिएर बालिकाको मृत्यु
स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो ।

गम्भीर घाइते उनको गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।सोही धन्सारमा सुतेका मृतकका दाजु १६ वर्षीय लक्ष्मणको चोट लागेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

२०७९ असार २१, मंगलवार प्रकाशित 0 Minutes 623 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार