२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

चुनावमा म्यादी प्रहरी भएकाहरुको भाग्य चम्कियो , सरकारले ल्यायो गजबको योजना !

काठमाडौं । सरकारले एक पटक म्यादी प्रहरी भई देशको सेवा गरेकाहरुका लागी विशेष व्यवस्था गरेको छ । आगामी आर्थिक बर्षका लागी ल्याएको बजेटमा म्यादी प्रहरीका लागी विशेष व्यवस्था गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधीसभाको बैठकमा बजेट प्रस्तुत गर्दै लोकप्रिय कुराहरुका लागी बजेट विनियोजन गरेका छन् । उनले म्यादी प्रहरीका लागी विशेष प्याकेज घोषणा गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सरकारले म्यादी प्रहरीलाई लक्षित गरि उद्यमशीलता र स्वरोजगार योजना ल्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷०८० बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

उनका अनुसार म्यादी प्रहरीमा आबद्ध भएर देशलाई योगदान पुर्याउनेहरुलाई लक्षित गरि उद्यमशीलता र स्वरोजगार योजना ल्याइएको हो। यस अनुसार म्यादी प्रहरीमा काम गरेकाहरुलाई उनीहरुको रोजाई र क्षमताअनुसार उद्यम र रोजगारमा लगाइने छ।

उद्यममा लाग्नेहरुलाई उनीहरु को चाहनाअनुसारको क्षेत्रमा उद्यम गर्न सघाइनेछ भने रोजगार गर्न चाहनेहरुलाई सिप र क्षमताअनुसार बिभिन्न क्षेत्रमा रोजगारको व्यवस्था गरिनेछ।

त्यस्तै उनीहरुलाई संचित सुरक्षा बलको रुपमा समेत उपयोग गर्ने व्यवस्था गरिने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन्। यस पटक अर्थात २०७९ सालको स्थानीय तहको निर्वाचनमा १ लाख म्यादी प्रहरीले रोजगारी पाएका थिए ।

मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७९ असार २१, मंगलवार प्रकाशित 0 Minutes 1524 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार