
काठमाडौं २० असार ।
सरकारले फेरि एक पटक आइतबार सार्वजनिक विदा दिने तयारी गर्ने भएको छ । आइतबार नेपाल आयल निगमले इन्धनको खपत घटाउन भन्दै आइतबार पनि बिदा दिने लगायत १० बुँदे प्रस्ताव सरकारलाई सिफारिस गरेको हो ।
नियम प्रवक्ता विनितमणि उपाध्यायले यसअघि आइतबार बिदा दिँदा इन्धन खपत उल्लेख्य घटेको भन्दै पुन: यो नियम लागु गर्न सिफारिस गरेको जानकारी गराएका छन् ।
इन्धन खपत घटाउन निगमले सरकारलाई जोरबिजोर प्रणाली , सरकारी, निजी र दुई पांग्रसहितका सबै खाले सवारी सधान पूर्ण क्षमतामा सञ्चालन गर्न लगायतका व्यवस्था लागु गर्न सिफारिस गरेको छ ।
मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिट अनुरूप नै यात्रु रहने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने । ठूला उद्योग, परियोजना, होटेल आदिले डिजेल तथा एल
.पी.ग्यासको खपत नगरी विद्युतको खपत गर्न आव्हान गर्ने सुझाप पेश गरेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।