२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

सस्तियो खाने तेलको मूल्य, प्रतिलिटर कति पर्ला अब !

काठमाडौ । चालू आर्थिक वर्षमा नेपालको निकासी व्यापारमा झन्डै आधा हिस्सा रहेको वनस्पति घ्यू र तेलको निकासी अत्यधिक घटेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

आर्थिक वर्षको १० महिनासम्म उत्साहजनक निकासी रहेको भटमासको तेल, पाम आयल र सनफ्लावर आयलको निकासी ११ औँ महिना जेठमा भने न्यून मात्र रहेको तथ्याङ्क छ। भारतले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपश्चात् भारत निकासी हुने वनस्पति घ्यू तथा तेलको निर्यात घटेको हो।

नेपालको कुल निकासीमा भटमासको तेलको हिस्सा २५।०६ प्रतिशत छ भने पाम आयलको २०।४१ प्रतिशत तथा सनफ्लावर आयलको २।४ प्रतिशत रहेको छ। यी तीन वस्तुको मात्र निकासीमा हिस्सा करिब ४८ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ । भारत सरकारको परिवर्तित भन्सार दरको मारमा यी उद्योग परेका हुन्।

भन्सार विभागका अनुसार वैशाखसम्म ४५ अर्ब ३५ करोड २१ लाख रुपैयाँको निकासी भएको भटमासको तेल (सोयाबिन आयल) जेठमा भने १ अर्ब २३ करोड ४३ लाख रुपैयाँमात्रैको निकासी भएको छ।

जेठसम्म नेपालबाट भारततर्फ ४६ अर्ब ५८ करोड ७० लाख रुपैयाँ बराबरको सोयाबिन आयल निकासी भएको छ। आजको कारोबार दैनिकमा समाचार छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७९ असार २०, सोमबार प्रकाशित 0 Minutes 3253 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार