२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

फाराम भरेको भोलिपल्ट सवारी लाइसेन्सको पालो

उदयपुर ।

देशको विभिन्न ठाउँमा सवारी अनुमतिपत्रका लागि अनलाईन फारम भर्दा परीक्षाका लागि महिनौँ समय समय लाग्ने गरेकोमा उदयपुरमा भने चार पाङ्ग्रे सवारी साधन र स्कुटरको भोली पल्ट नै पालो आउने गरेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

उदयपुरस्थित यातायात व्यवस्था सेवा कार्यालय गाईघाटमा साना चारपाङ्ग्रे सवारी साधन र स्कुटरको सवारी अनुमतिपत्र, अनलाईन फारम भरेको भोली पल्ट नै परीक्षा हुने गरेको कार्यालय प्रमुख सुवास कार्कीले बताए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यहाँ सेवा भर्खरै सुरू भएकोले कतिपयले थाहा नपाएर अनलाईन फारम भर्नेको चाप कम रहेको छ ।

जसका कारण छिटो पालो आएको उनले बताए । सङ्ख्यात्मक रूपमा मोटरसाइकलका लागि फारम भर्नेको सङ्ख्या बढि रहेकोले दुई महिनासम्म लाग्ने गरेको छ ।

“चारपाङ्ग्रे र स्कुटरको अनलाईन फारम भरेको भोलिपल्ट नै पालो हुन्छ,” कार्यालय प्रमुख कार्कीले भने, “मोटरसाइकलको भने विस्तारै समय लम्बिदै गएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

अहिले मोटरसाइकलको दुई महिना लाग्न थालेको छ ।”उदयपुरमा छिटो हुने भएपछि टाढा–टाढाबाट समेत आउने गरेका छन् । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

गत कात्तिक २८ देखि कार्यालयले उदयपुरमा सुरू गरेको सवारी अनुमतिपत्रको परीक्षा प्रक्रियाले सर्वसाधारणलाई प्रभावकारी सेवा दिइरहेको छ । गोरखापत्रमा खबर छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

२०७९ असार २०, सोमबार प्रकाशित 0 Minutes 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार