२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

ज्ञानेन्द्रको सक्कली नाम ज्ञानबहादुर शाही, एसएलसीमा फेल भएपछि सिए को नक्कली सर्टिफिकेट !

काठमाडौं । भ्रष्टाचार विरोधी अभियन्ता ज्ञान बहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीको कार्यक्रममा लफडा भएको छ । ललितपुरमा गरेको पत्रकार सम्मेलनमा लफडा भएको हो । शाहीले प्रश्नकर्तालाई नै अपशब्द र हातपातको प्रयास गरेपछि अवस्था असामान्य भएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गर्ने शाहीले हिजो भएको घटनाबारे जानकारी दिन भन्दै शाहीले आज नेपालका लागि नेपालीको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा पत्रकारसँगै विद्यार्थीहरु पनि पुगेका थिए ।

फायल तस्वीर

सम्मेलनमा पत्रकारसँगै केही विद्यार्थीहरुले शाहीलाई केही व्यक्तिगत प्रश्न गरेका थिए । प्रश्नकर्ताले नाम ज्ञानबहादुर शाही भएपनि ज्ञानेन्द्र शाही भनेर उल्लेख किन गरेको भन्ने प्रश्नको उत्तर दिनु भन्दा शाहीले प्रतिप्रश्न गर्न थालेपछि तनाब सुरु भयो । प्रचण्डको नाम के हो ?

लगायत कुराहरु उठाएपछि प्रश्नकर्ताहरु भड्केका थिए । एसएलसीमा फेल भएको र सिएको नक्कली सर्टिफिकेट रहेको भनेर प्रश्न गरेपछि शाहीले मुद्धा हाल्नु भन्दै जवाफ फर्काएका थिए । सम्मेलनको बीचमा शाहीले बेलाबेलामा अरिङगाल आए भन्दै कानेखुसी गरिरहेका थिए ।

तनावपछि केही अप्रिय घटना नहोस् भनेर शाहीलाई नियन्त्रणमा लिइएको ललितपुर प्रहरीले जानकारी दिएको थियो । प्रहरी निगरानीमा अहिले उनी छुटेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

२०७९ असार १९, आईतवार प्रकाशित 1 Minute 501 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार