२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

विद्यालयभित्रै ‘सर’हरुको मदिरा पार्टी !

काठमाडौं । रौतहटको गढिमाई नगरपालिका वडा नम्बर ७ धनारी गाउँमा रहेको श्री माध्यमिक विद्यालय धनारीका शिक्षकहरुले विद्यालयमै मदिरा पार्टीको आयोजना गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

असार १५ गते विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुले विद्यालयमा भोज गरेका थिए । विद्यालयको प्रशासनिक कोठामा भएको सो भोजमा शिक्षकहरुले मदिरा सेवन गरेको भिडियो स्थानीय युवाहरुले खिचेर सामाजिक सञ्जालमा अपलोड गरेपछि अहिले ती शिक्षकहरुको तीव्र आलोचना भइरहेको छ ।

भिडियोमा कोठाभित्र महिला शिक्षकसहित अन्य शिक्षकहरु कोठामा गोलाकारमा बसेका छन् । बिचमा बीचमा ठुलो भाँडोमा मासु राखिएको छ । शिक्षकहरु प्लेटमा मासु चिउरा राखेर खाइरहेका छन् । केही शिक्षकहरुको अगाडि वियरको बोतल छन् । भिडियो सुरुवातमा एक युवक हातमा ‘हाइल्याङ्डर’ नामको भोड्का लिएर हिडिरहेको प्रष्टै देखिन्छ । शिक्षकहरुको पार्टी चल्दैगर्दा भोजपुरी गीत मज्जाले घन्किरहेको छ ।

यसरी शिक्षाको मन्दिरमा मदिरा चल्नु एकदमै दुःखद् घटना भएको स्थानिय रामाकान्त यादव बताउँछन् । बालबालिकाहरुलाई शिक्षाको पाठ सिकाउने गुरुहरुलेनै विद्यालयमा मदिरा खाएर पार्टी मनाउने कार्य गलत मात्र नभएर निन्दनिय पनि भएको बताउँदै उनले यस्ता कार्यमा संलग्न शिक्षकहरुलाई कारवाहीको माग गरे । विद्यालयमा यस्ता घटनाहरु यसअघि पनि हुने गरेको तर यसपटक मात्रै सार्वजनिक भएको उनको दावी छ ।

सो भिडियो खिचेका युवक विपिन यादवले विद्यालयजस्तो पवित्र ठाउँमा मदिरा खाएर शिक्षकहरु बसिरहेको सुचना पाएर आफुहरुले सो को भण्डाफोर गर्न भिडियो खिचेको बताए । आफुहरु शिक्षा सुध्रिनुपर्छ भन्ने उद्धेश्यले लागिपरेको जनाउँदै उनले शिक्षकहरुको यस्ता हर्कतले शिक्षकहरुलाई नैतिक रुपमा पतन गराएकाले यस घटनाको छानविन गरि दोषी उपर कारवाही हुनुपर्ने बताए ।

बालबालिकालाई रक्सी, चुरोट, सुर्ती खान हुन्न भनेर सिकाउने शिक्षकहरु आफै विद्यालय भित्र रक्सी खाएर रमाउने काम अक्षम्य भएकाले यसलाई भै गो नी त भनेर छुट दिन नहुने गाउँलेहरु बताउँछन् । कक्षा १२ सम्म पढाइ हुने सो विद्यालयमा हुने सो विद्यालयमा शिक्षकद्धारा गरिएको यस्तो हर्कतले बाल मनोविज्ञानमा पनि असर गर्ने भएकाले यस्ता कार्यहरुलाई आगामि दिनमा निरुत्साहित गर्नुपर्ने उनीहरुको भनाइ छ ।

विद्यालयका प्रधानाध्यापक कपिलदेव प्रसाद यादव भने आफूहरुबाट निकै ठूलो गल्ती भएको स्विकार्दै यस घटनालाई लिएर आफूहरुले सार्वजनिक माफी मागिसकेको बताए । शिक्षाको मन्दिरमा शिक्षक स्वयमले रक्सी खानु नैतिकहिन काम भएकाले यसको आफूहरुले आत्मालोचना गरिरहेको जनाउँदै आगामी दिनमा यस्ता घटना नदोहोरिने प्रतिवद्धता व्यक्त गरे । ‘हामीबाट ठूलो भूल भएको छ’ उनले भने, ‘यो घटनाले हामीले नैतिकता गुमायौं । त्यसको लागि हामी आत्मालोचना सहित सबैसँग माफी माग्छौं ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७९ असार १९, आईतवार प्रकाशित 0 Minutes 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार