२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

घाँस काट्ने क्रममा खान आएको बा’घसँग ल’डेर आफ्नो ज्या’न जोगाएकी दुर्गा’को स’हासलाई सलाम !

गाउँमा विवाह हुने भएपछि सहयोगका लागि राप्तीसोनारी गाउँपालिका–४, की दुर्गा थारु गाउँ नजिकैको गौरी सामुदायिक वनमा पात टिप्न गइन्। एक्लै जंगल गएकी उनी पात टिप्दै थिइन्। सुनसान जंगलमा सामान्य आवाज आयो। त्यो आवाज मान्छेको थिएन, कुनै जनावर हिँडिरहे जस्तो थियो।

उनी अलि चनाखो बनेर पात टिप्दै थिइन्। एक्कासी बाघ आएर उनको हातमा झम्टियो। घना सुनसान जंगलमा बाघले आक्रमण गर्दा उनलाई डर मात्रै लागेन, सहास पनि बटुलियो। ‘बाघले झम्टियो। मनमनै डर त थियो,’ उनले भनिन्, ‘तर जसरी पनि बाँच्नु छ। हातमा भएको हँसिया (आँसी) ले हानेँ।’ अर्काे हात झम्टियो।

उनले प्रतिकारका लागि बाघको पन्जासमेत समातिन्। ‘दुई/तीन पटक लगातार हानेँ। पछि छोड्यो। निकै डर लाग्यो। चिच्याएँ। अनि त्यहाँबाट भाग्न सफल भएँ,’ उनले भनिन्। उनको दुवै हातको कुहिनामा चोट लागेको छ। बिहान साढे ११ बजे थारुलाई आक्रमण गरेको बाघले दिउँसो २ बजेतिर भने बयर जातको बोकालाई मारेको वडा नम्बर ४ का वडा सचिव नारायण बिष्टले जानकारी दिए।

उनका अनुसार बाघको आक्रमणबाट बाँच्न सफल थारुको राप्तीसोनारी अस्पतालमा सामान्य उपचारपछि घर फर्काइएको छ। उनले स्थानीय अर्जुन बस्नेतको बयर जातको ७० किलोको बोकालाई बाघले मारेको जानकारी दिए।

यो खबर बुधबार बिहानको हो। बाँकेस्थित राप्तीसोनारी गाउँपालिका–४ मा खल्टेपानी भन्ने स्थानमा बाघले उनीमाथि आक्रमण गरेको थियो। बाघसँगको लडाइँपछि उनी बाँच्न सफल भएकी छिन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****

२०७९ असार १९, आईतवार प्रकाशित 0 Minutes 336 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार