२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

बैंककबाट काठमाडौं उत्रिएका यात्रुले बोकेको सुटकेसको ह्याण्डिल नै सुनको भेटिएपछि…

काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को उडान नम्बर आरए४०२ मार्फत् शुक्रबार साँझ ८:३० बजे बैंककबाट काठमाडौं (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा) उत्रिएका एक यात्रुले बोकेको लगेज (सुटकेस) अस्वभाविक लागेपछि विमानस्थल सुरक्षार्थ तैनाथ प्रहरीले दोहोर्‍याएर एक्सरे मेसिनमा चेक गर्‍यो।

मेसिनले लगेजमा केही शंकास्पद (निषेधित) वस्तु रहेको संकेत गरेपछि प्रहरीले खोलेर हेर्‍यो। तर, भित्र लगेज खालीजस्तै थियो।

दोहोर्‍याइ–तेहेर्‍याइ जाँच गर्दा भित्र केही नभेटिए पनि सुटकेसको ह्याण्डिल भने अस्वभाविक देखियो। ह्याण्डिलको भित्रपट्टी कुनै वस्तु लुकाएर राखेको हुने आशंकाका बीच प्रहरीले उक्त भाग च्यातेर हेर्‍यो।

हेर्दा त्यहाँ ह्याण्डिलजस्तै बनाइएको सुनको एउटा ‘रड’ फेला पर्‍यो। प्रहरीका अनुसार सुटकेसको ह्याण्डिलमा सुन लुकाएर आउने व्यक्ति राकेश तुलाधर हुन्। उनको ठेगाना भने प्रहरीले खुलाएको छैन।

प्रहरीका अनुसार तुलाधरले २६७.४ ग्राम तौलको सुनको सुटकेसको ह्याण्डिलमा लुकाएर ल्याएका थिए। तुलाधरलाई शुक्रबार नै नियन्त्रणमा लिएर हिरासतमा राखिएको प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।

तुलाधरमाथि त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

२०७९ असार १८, शनिबार प्रकाशित 0 Minutes 264 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार