
काठमाडौ ।
जाडो महिनामा मासुको खपत बढीरहेको बेलामा फेरी बडैफ्लू देखिएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मोरङ जिल्लाको ग्रामथान–१ खुनियाकट्टा र बुढिगंगा –५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले पुष्टि गरेको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
कुखुरामा फेला परेको बर्डफलू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।
विभागले सोमबार एकविज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ ।
कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गरेको थियो । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
विभागका अनुसार १६५० लेयर्स कुखुरा, ५० परेवा, ४२०० अण्डा, ११५० केजीदाना र ४००० गोटा अण्डाको क्रेट न ष्ट गरिएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
‘एच फाइभ एन वान’भाइरस निकै संक्रामक मानिन्छ। जसको संक्रमणले नेपालमा पहिलोपटक १५ चैत २०७५ मा काभ्रेका एक युवकको मृत्यु भएको थियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।