२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

सावधान ! बाल्ट्रा कम्पनीका सामानले सबै धन-दौलत, घर-परिवार सखाप बनाउँला [ भिडियोसहित ]

काठमाडौं । धेरै मानिसहरु घरायसी प्रयोगका विभिन्न सामान र विद्युतीय सामानहरु बाल्ट्रा कै खोज्थे ।तर अब बाल्ट्रालाई पुगिसरी भएको छ । ठूलो धनराशि कमाएर आफूलाई पुग्दै आएपछि उपभोक्ताको जीवनमा खेलवाड गर्न थालेको छ ।

जस्तो बनाएपनि नाम नै काफी छ, किनिहाल्छन् भन्ने सोच बढ्दै गएकाले जीवन र धनका लागि नै घातक बस्तु उत्पादन गर्न थालेको प्रमाणित भएको छ ।

श्रद्धा शर्माको घरमा किनेको एक महिनापनि नहुँदै आफै चुल्हो बल्न थालेको छ । बाल्ट्राको इन्डक्सन जम्मा एक महिना भयो ल्याएको चिया नपाक्दै आफैं पाकेर सकियो । बच्चाहरु मात्र घरमा भएको भए के हुन्थ्यो ? उहाँले भन्नुभयो ।उहाँले झण्डै जनधनको सखाप भएको संकेत गर्नुभएको छ । हुनपनि हो भिडियोमा देख्न सक्नुहुन्छ ।

बाल्ट्राको इन्डक्सन चुल्हो अचानक बल्न थालेको छ । त्योपनी ठूलो ज्वालामा बलेको छ । कोही नजिक नभएको भए यसले घर परिवार सबै सखाप पार्ने थियो । ठूलो दुर्घटनाबाट त्यो घर र परिवार जोगिएका छन् ।

हामी चुल्होमा खाना बसाएर यताउता जाने बानी धेरैको छ । त्यो बेला यस्तो भए के हुन्छ ? यस्तो पनि कम्पनी हुन्छ ? बल्न थालेमा निभ्ने कुनै सुरक्षा कायम गरिएको छैन ।

यो हदसम्मको लापरबाही हो । आजैबाट बाल्ट्रा कम्पनीले उत्पादन गरेका सामानहरुको प्रयोग बन्द गर्नुहोस् । सबैको जानकारीका लागि सक्दो सेयर गर्नुहोस् ।

२०७९ असार १७, शुक्रबार प्रकाशित 0 Minutes 580 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार