२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

निर्माण सिजनमै घट्यो सिमेन्ट र डण्डीको मूल्य,यस्तो छ नयाँ मूल्य

काठमाडौं ।

निर्माणको सिजनमै सिमेन्ट र फलामजन्य सामग्रीको मूल्य घटेको छ । मंसिरमा डण्डीको मूल्य बढेपनि पुस लागेपछि भने सिमेन्ट र डण्डीको मूल्य घटेको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

विश्व महमारीका रुपमा फैलिएको कोरोना भाइरस र बर्खायामका कारण रोकिएको निर्माणजन्य कामको सिजन सुरु हुँदा पनि बैंकमा तरलताको अभाव, **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

विभिन्न राजनीतिक दलहरुको महाधिवेशन हुँदा विकास निर्माणका काम नहुँदा निर्माणजन्य सामग्रीको मूल्य घटेको सिमेन्ट उत्पादक संघको भनाई छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

संघका उपाध्यक्ष तारा पोखरेलले पुसमा सिमेन्टको मूल्य ५० रुपैयाँसम्म घटेको बताए । उनका अनुसार निर्माण सिजनमै निर्माणजन्य सामग्रीको मूल्य घट्न् पर्ने नभएपनि अहिले विभिन्न कारणले सिमेन्ट र फलामजन्य सामग्रीको मूल्य घटेको छ ।

‘दैनिक सिमेन्ट उत्पादन क्षमताको आधा मात्रै बिक्री भइरहेको छ, अहिले निर्माण सिजन नभएको र सिमेन्ट बिक्री कम हुँदा अस्वस्थ प्रतिस्पर्धा पनि बढेको छ, अहिले बोरामा ५० रुपैयाँसम्म घटेको छ, ओपीसी सिमेन्ट प्रतिबोरा ५७० र पीपीसीको ४५० रुपैयाँ मा झरेको छ,’ उनले भने ।

ओपीसीको ६२० र पीपीसी सिमेन्टको मूल्य ५२० रुपैयाँसम्म थियो । विकास निर्माणको काम नहुँदा सिमेन्टको मूल्य घटेको उनको बुझाई छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

२०७९ असार १५, बुधबार प्रकाशित 0 Minutes 2026 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार