२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

मलको हाहाकार मच्चिएको बेला बालेनले ल्याए गज्जब योजना, कृषक बने हर्षित !

काठमाडौँ – काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौँमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम सकिने र यसका लागि महानगरपालिका क्रियाशील रहेको बताएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

आज असार १५ र राष्ट्रिय धान दिवसको शुभकामना दिँदै प्रमुख शाहले, जैविक फोहोरबाट मल बनाउने महानगरको सफलता र असफलताले देशभर नै उल्लेख्य फरक पार्नेमा आफू सचेत रहेको उल्लेख गरे ।

प्रमुख शाहले भने, ‘काठमाडौँमा वस्ती बस्नु, सम्पदाको सहर वा राजधानी बन्नुमा यहाँको उर्बरता र उब्जनीको ठुलो भूमिका छ । उर्बर माटोलाई खेती गर्न योग्य बनाउन माटोमा रगत र पसिना बगाउने किसानहरुको विशेष भुमिका छ ।

हो, अहिले हाम्रा प्राथमिकताहरु झाँगिदै जाँदा यहाँका किसानहरुका मुद्दा कमजोर हुँदै गएका होलान वा कृषि नै सीमान्तकृत हुँदै गएको होला ।

तर, हामीलाई जे र जसले यहाँ ल्याइपु¥यायो, उसैलाई बिर्सने भन्ने हुँदैन ।’ शुभकामनामा प्रमुख शाहले, कृषि क्षेत्र र अन्न उत्पादन गर्ने किसानप्रति आभारी र जिम्मेवार हुनै पर्ने बताए ।

यसपालीको असार १५ र धान दिवसले सबैलाई किसान र कृषिप्रतिको जिम्मेवारी बोध गराउन सकोस । गुणस्तरीय मल, बीउबिजन तथा कृषिसाधनहरु सहज र सुलभ मुल्यमा पर्याप्त प्राप्त हुन सकुन । शुभकामनामा उल्लेख छ ।

२०६१ साल मङ्सिर २९ गतेको सरकारको निर्णयअनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ दिवस मनाइँदै छ।

त्यस्तै काठमाडौं महानगरपालिकाले सडकमा खानेकुरा बेच्न निषेध गरेको छ। हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले सडकमा खानेकुरा बेच्न निषेध गरेको जनाएको छ।

पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हैजाका बिरामी बढ्दै गएकाले महानगरपालिकाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लागएको हो।

आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने भन्दै महानगरपालिकाले चेतावनी दिएको छ। होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए।

उनले पानीको पाइपलाइन तथा ढल प्रणालीको अवस्था हेर्न तथा सुधार गर्न समेत काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको बताए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७९ असार १५, बुधबार प्रकाशित 0 Minutes 305 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार