२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

टाट पल्टियो आयल निगम, तेल किनेको पैसा तिर्न टेकुको जग्गा धितो राख्दै

लामो समयदेखि घाटा ब्यहोरी रहेको नेपाल आयल निगम टाट पल्टिएको छ । भारतबाट महँगोमा तेल किनेर नेपालमा घाटामा बेचिरहेको निगम टाट पल्टिएको हो ।पूर्णरुपमा आर्थिकरूपमा कमजोर बनेपछि जग्गा धितो राखेर अर्बौ रुपैयाँ ऋण​ लिने भएछ । त्यसका लागि निगमले केन्द्रीय कार्यलय रहेको टेकुको ४० रोपनीभन्दा धेरै जग्गा धितोमा राख्ने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अर्थमन्त्रालयले बैंकमा जग्गा धितो राखेर ऋण​ लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमलाई पत्र पठाएको छ । पत्रमा अर्थ मन्त्रालयले निगमलाई दिनु पर्ने ३ अर्ब सोधभर्नाको रकम लिन जग्गा धितोमा राख्न भनिएको छ ।

किन भयो पेट्रोलियम कर समायोजनमा ढिलाइ ?

सरकारको निर्देशनमा नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेपनि पेट्रोलियम कर कटौती गर्न भने ढिलाइ भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा शनिबार उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलको मूल्य प्रतिलिटर २० र डिजेलको मूल्य प्रतिलिटर २९ रुपैयाँ घटाउने निर्णय सुनाएका थिए ।

पेट्रोलमा २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा २९ रुपैयाँ कर घटाएर जनालाई राहत दिइएको बडूको भनाइ थियो । तर, अर्थ कानुनी समस्याका कारण कर घटाउने निर्णय कार्यान्वयनमा ढिलाई भएको हो ।

अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीले आर्थिक ऐन विचाराधीन अवस्थामै रहेकाले निर्णय कार्यान्वयन गर्न समस्या भएको बताए । कानुन बनेपछि यसबारे प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । असार ११ गते प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र उद्योग मन्त्रालयबीच पेट्रोलियम पदार्थमा लाग्दै आएको उच्च करको दर घटाउने सहमति भएको थियो ।

खासगरी, भन्सार बिन्दुमै लाग्दै आएको पेट्रोलियम पदार्थको उच्च कर समायोजनका लागि अर्थ मन्त्रालय सहमत बनेको थियो । सहमतिअनुसार, निगमले घटाउने तेलको बिक्री मूल्य बराबरको कर समायोजन अर्थ मन्त्रालयले गर्ने र उपभोक्तालाई राहत दिने निर्णय गरिएको थियो । तर, प्रक्रिया अघि बढाउन कानुनै बाधक देखिएपछि मूल्य घटेको तीन दिन बित्दा पनि अथ मन्त्रालय निर्णयबिहीन बनेको हो ।

२०७९ असार १४, मंगलवार प्रकाशित 0 Minutes 361 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार