२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

फेरि मेलम्चीको अवस्था डरलाग्दो बन्दै – बाढीले मेलम्चीको पुल बगायो !

सिन्धुपाल्चोक । गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ ।बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए । राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु–२ का प्रभा भण्डारीले बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो । अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताए । यसबाट ६ वडाका नागरिक प्रभावित भएका छन् ।

गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण सुनसरीको इटहरी लगायतका क्षेत्र जलमग्न भएका छन् भने खोला, खहरेर नालीहरुमा पानीको सतह बढेको छ । इटहरी ८ स्थित नमुना कलेजछेउ भएर बगेको टेङ्ग्रा खोलाको सहत बढेसँगै बाँध क्षेत्र कटान गर्न सुरु गरेपछि नेपाली सेनाको टोलीले बोराबाँध बनाउन सुरु गरेको छ ।

खोलाले हालसम्म ३ देखि ४ फिटको बाँध काटिसकेको छ भने खोलामा पानीको वहाव उच्च गतिमा छ । रातिदेखिको अविरल वर्षा रोकिने संकेत नदेखिएपछि प्रशासनले उच्च सतर्कता अपनाउन जनतालाई अपिल गरिसकेको छ ।

इटहरीका मेयर हेमकर्ण पौडेलले बाढी र डुबानले जनजीवनलाई आतंकित पारेको भन्दै सजग रहन नगरवासीलाई आव्हान गरेका छन् । बिहानैदेखि उद्धार र अनुगमनमा खटिएका मेयर पौडेलले सामाजिक सञ्जालमा जोडिएर पनि नगरवासीलाई सुरक्षित रहन आग्रह गरेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७९ असार १४, मंगलवार प्रकाशित 0 Minutes 375 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार