२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

२०४६ सालमा राजा वीरेन्द्रले भारतीय दूतलाई भनेका थिए– ‘देश बेचेर मलाई राजा भइरहनु छैन’

२९ वर्षको राजनीतिक करिअरमा मैले राजा महेन्द्र र वीरेन्द्र दुबैसँग काम गर्ने अवसर पाए। आज लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयलाई लिएर भारतले जुन किसिमको दाबी गरिरहेको छ र दुबै देशको सदियौंदेखिको सम्बन्धमा तिक्तता आएकाे छ, यो अवस्थामा म राजा वीरेन्द्रलाई झनै बढी स्मरण गरिरहेको छु।

उहाँ जीवित भइदिएको भए नेपाल–भारत सम्बन्ध यो अवस्थामा आइपुग्ने थिएन। नेपालमा राजसंस्था मासेर दिल्लीमा १२ बुँदे गर्दै सत्तामा पुगेका अहिलेका राजनीतिक दल र नेताहरूको यो हविगत हुनु नै थियो। यो त ‘ट्रेलर’ मात्र हो, अझै थुप्रै खेल हेर्न बाँकी छ।

राष्ट्रियताको कुरा गर्दा म २०४५ सालको एउटा घटना सम्झन्छु। नेपालमा प्रजातन्त्रका लागि आन्दोलन भइरहेको थियो। विदेशी– खासमा भारतको इशारामा राजसंस्थालाई बदनाम गर्ने र राजारानीलाई सडकबाट तथानाम गालीगलौज गर्ने काम भइरहेको थियो।

यत्तिकैमा भारत सरकारका एक जना प्रतिनिधि नेपाल आएका थिए। उनी भारत सरकारको सन्देश सुनाउन नेपाल आएका रहेछन्। राजा वीरेन्द्रले उनको प्रस्ताव ठाडै अस्वीकार गरे। म त्यति बेला राष्ट्रिय पञ्चायतको अध्यक्ष थिए। त्यसैले राजासँग नियमित भेट गर्नुपर्थ्याे।

राजा वीरेन्द्रको एउटा स्वभाव थियो- आफ्नf पिता राजा महेन्द्रभन्दा विल्कुल फरक। राजा महेन्द्र कुनै विषयमा निर्णय गर्दा आफूसँग नजिक रहेका ४–५ जना विशेष व्यक्तिसँग सल्लाह लिन्थे। सबैको कुरा मिहीन ढंगले बुझ्ने प्रयास गर्थे र अन्त्यमा निर्णय आफै गर्थे।

तर, यस विषयमा वीरेन्द्र ठ्याक्क उल्टो थिए। उनी सबैलाई सल्लाहका लागि बोलाउँथे। सबैसँग उनीहरूको राय बुझ्थे। बैठकमा बहुमतबाट भएको निर्णयलाई लागू गराउँथे। यस मानेमा राजा वीरेन्द्रमा निकै प्रजातान्त्रिक चरित्र थियो।

भारत सरकारका प्रतिनिधि त्यस दिन राजासँग ५–६ बुँदाको सम्झौता-पत्र बोकेर भेट्न गएका रहेछन्। त्यसमा गृह, परराष्ट्र र सुरक्षालगायत थुप्रै कुरा भारतलाई जिम्मा लगाउनुपर्ने, त्यसबापत भारतले राजसंस्था, पञ्चायती व्यवस्था टिकाइदिने भन्ने रहेछ।

म राजालाई भेट्न बेलुका जाँदा उहाँबाट हुकुम भयो, ‘हेर, आज ५–६ बुँदा लिएर आएको थियो। मैले ‘नो’ भनिदिए। यो मानेको भए त म भुटानभन्दा पनि तलतिर हुन्थेँ। देशै बेचेर मलाई किन राजा चाहियो? किन पञ्चायत चाहियो? त्यसैले मैले मानिनँ।’

राजा वीरेन्द्र निकै विकासप्रेमी हुनुहुन्थ्याे। चौबीसै घण्टा मुलुकको विकास र गरीबको उत्थान कसरी गर्ने भन्ने सोच हुन्थ्यो। विकास क्षेत्रको अवधारणा ल्याएर होस् वा क्षेत्रीय भ्रमण गरेर, उहाँको ध्यान नै देश विकाश कसरी गर्ने भन्नेमा टिकेको हुन्थ्यो।

राजा वीरेन्द्रको कार्यकालमा दुईवटा प्रमुख राजनीतिक उथलपुथल भयो। पहिलो २०३६ र दोस्रो २०४६ साल। उहाँ प्रजातन्त्रप्रेमी हुनुहुन्थ्यो भन्ने कुराको द्याेतक यो पनि हो- २०३६ सालमा जनमत संग्रहको घोषणा गर्नुपर्ने अवस्था बनिसकेको थिएन। यद्यपि विधार्थी आन्दोलन भइरहेको थियो। तर, जनमतसंग्रह घोषणा गरिहाल्नुपर्ने नै अवस्था बनेको थिएन। तर, वीरेन्द्रले कसैसँग सल्लाह नगरीआफ्नो स्वविवेकले जनमतसंग्रहको घोषणा गरे।

जनमतसंग्रह सम्पन्न भएपछि एक दिन म राजा वीरेन्द्रलाई भेट्न गएको थिए। राजा वीरेन्द्रले गजबको कुरा गरिबक्स्याे, ‘हेर नवराज, जनमतसंग्रह गर्ने निर्णयमा पुगेपछि मैले यसको जानकारी बडामहारानी (ऐश्वर्या) लाई पनि दिइनँ। मैले कोहीसँग पनि सल्लाह लिइनँ। मेरो आफ्नै निर्णय हो।’

राजा वीरेन्द्रको यो निर्णयका कारण दरबारमा कत्रो ठूलो ‘भुइँचालो’ गएको थियो। भाइहरू रिसाए। दरबारीया सबै रिसाए।

२०७९ असार १३, सोमबार प्रकाशित 1 Minute 140 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार