२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

छोरीको र’ह’स्य’म’य मृ’त्यु पछि गायिका दिलमाएको आमाले खोलीन् रूँ’दै घ’ट’ना’को ड’रलाग्दो र’ह’स्य(भिडियो सहित)

शनिबार बिहान आफ्नै डेरामा मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु शंकास्पद देखिएको छ। अघिल्लो रात फेसबुकमा ‘सुसाइड नोट’ लेखेकी सुनारको अहिलेसम्म मोबाइल र पासो लगाएको कुनै सल नभेटिनुले उनको मृत्यु शंकास्पद देखिएको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

‘घटना शंकास्पद देखिएको छ। मृतक डिप्रेसनमा थिइन् भन्ने पनि आएको छ। तर परिस्थितिले त्यो मात्रै देखाउँदैन। त्यसैले हामी विभिन्न कोणबाट अनुसन्धान गर्दैछौं,’ उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रमुख एसएसपी वसन्त कुँवरले भने।

गायिका सुनार मृत भेटिएको दिनभन्दा अघिल्लो रात १ बजेर २० मिनेटमा उनले आफ्नो फेसबुकमा ‘म थाकेँ, धेरै थाकेँ , अब बाँच्न सक्दिनँ’ भन्दै लामो नोट लेखेकी थिइन्। धेरै अशुद्ध रहेको उक्त स्टाटस उनी आफैँले लेखेकी हुन्/होइनन्, प्रहरीले त्यो पाटोमा पनि अनुसन्धान गरिरहेका छ। ‘उनका पुराना पोस्ट पनि शुद्धसँग लेखिएको देखिएन, तर राति स्टाटस लेखिएको मोबाइल बिहान उनको कोठा नभेटिनु शंकास्पद छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भन्छन्।

शनिबार नेपालस्टारस्थित आफ्नो कोठाको खाटमा पल्टिरहेको अवस्थामा मृतक सुनारको शव भेटाएको थियो। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका केन्द्रीय सचिव कृष्ण रेउलेले घाँटीमा निलडाम, खुट्टामा घाउ भएको अवस्थामा शव भेटिनु तर माबोइल नभेटिनुले घटना रहस्यमय देखिएको बताए। ‘उनी हालै हामीले आयोजना गरेको राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट नवगायिका विधा अन्तर्गत अवार्ड जितेकी प्रतिभा हुन्,’ सचिव रेउलेले भने, ‘सम्भावना बोकेकी गायिका थिइन्। तर, अचानक रहस्यमय मृत्यु सुन्दा हामी स्तब्ध छौं। प्रहरीलाई निष्पक्ष छानबिनका लागि माग गरेका छौं।’

सुनार श्रीमानसँग डिभोर्स गरेर डेरामा एक्लै बस्दै आइरहेकी थिइन्। अनुसन्धानको क्रममा प्रहरीले यतिबेला सुनारसँग निकट सम्बन्ध मानिएका एक जनालाई नियन्त्रणमा लिएको छ। सूर्य श्रेष्ठ नाम गरेका ती व्यक्ति शनिबार बिहान मृतकको कोठामा पुगेको समेत देखिएको छ।

मृतक सुनुवारको निष्पक्ष छानबिनको माग गर्दै महानगरीय प्रहरी वृत्त बालाजुमा सयौं दोहोरी कलाकार पुगेका छन्। त्यहाँ सुर्खेतबाट आएका मृतकको परिवार प्रहरीमा जाहेरी दिने तयारी गरिरहेको बुझिएको छ।

स्टाटस नै शंकास्पद
सुसाइड नोटजस्तो देखिने मृतक सुनारको फेसबुक स्टाटस नै शंकास्पद देखिएको छ। कतै उनको हत्या पश्चात हत्याराले नै स्टाटस लेखेर मोबाइल गायब बनाएको त होइन, प्रहरीले यो कोणबाट पनि अनुसन्धान गरिरहेको बुझिएको छ। ‘मेरो पोष्टमार्टम नगर्नू जस्ता शब्दहरु स्टाटसमा छन्। यसले पनि शंका उत्पन्न गराएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७९ असार १३, सोमबार प्रकाशित 0 Minutes 305 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार