
काठमाडौं :
काठमाडौंको नेपालटा रस्थित डेरामा गायिका दिलमाया सुनार मृ`त अबस्थामा फेला परिन् । शुक्रबार राति ‘काठमाडौंमा आफूलाई बाँच्न गाह्रो भएको’ भन्दै उनको फेसबुकमा ‘सु सा इड नो ट’ आशयको स्टाटस पोस्ट गरेकी उनी शनिबार बिहान पौने ११ बजे आफ्नै कोठामै मृ तावस्थामा फेलापरेकी थिइन् ।
मृत भेटिएकी उनको अझै पनि मोबाइल फेला नपरेपछि ह त्या भएको आशंका प्रहरीले गरेको छ । प्रहरी अधिकारीका अनुसार शनिबार बिहान ३ बजे आसपासको समयसम्म दिलमायाले प्रयोग गर्ने मोबाइल कोठामै देखिएको थियो । त्यसपछि मोबाइलको ‘लोकेसन’ देखिएको छैन ।
मोबाइल समेत फेला परेको छैन । यहि कारण पनि फेसबुकमा लेखिएको स्टाटस उनले वा अरू कसैले भन्नेमा पनि प्रहरीले अनुस`न्धान अघि बढाएको छ । दिलमाया पक्राउ परेसँगै लिभिङ टुगेदर’मा बस्दै आएका सूर्य श्रेष्ठ पक्राउ परेका छन् ।
सूर्यले अर्को विवाह समेत गरेको बताइएको छ । सूर्यसँगको सम्बन्धकै कारण दिलमाया तनावमा रहेको र यस अघि पनि दिलमायाले आ त्मह त्याको प्रयास गरेको तर उनलाई अस्पताल लगेर बचाइएको बताइएको छ । शुक्रबार राति पनि सूर्य दिल`मायाको कोठाबाहिर देखिएको बताइएको छ ।
पतिसँग सम्बन्धविच्छेद पछि उनी केही वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको खुलेको छ । उनका एक छोरा सुर्खेतमा बस्दै आएको बताइएको छ । दिलमायाले ख्यातिप्राप्त लोकगायक राजु परियारसँग मिलेर केही गीत गाए पछि उनी चर्चित बनेकी थ्इिन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।