२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

सार्वजनिक यातायातको भाडादर घटाइयो, कहाँ जान कति लाग्छ ? (सूचीसहित)

यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा आज आइतबार घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो ।

सरकारले शनिबार राति १२ बजेदेखि लागू पेट्रोलमा प्रतिलिटर २० तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको छ । यात्रुवाहक सवारी साधनमा ५.४१ प्रतिशत भाडा घटेको छ भने मालवाहक सवारी पहाडमा चल्नेमा ६.९७ प्रतिशत र तराईमा चल्नेमा ७.६८ प्रतिशत भाडा घटेको छ।

यसअघि असारको पहिलो हप्ता पेट्रोल र डिजेल तथा मट्टितेलमा भारी मात्रामा मूल्यवृद्धि भएपछि विभागले असार ६ गते सवारी साधनको भाडा वृद्धि गरेको थियो ।

सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ ।

सूची हेर्नोस्–

https://shresu.com/wp-content/uploads/2022/06/2-232×300.jpg

२०७९ असार १२, आईतवार प्रकाशित 1 Minute 307 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार