२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

ओमानबाट सुन ल्याउन लगाए यस्तो जुक्ती काम लागेन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै समातिए

काठमाण्डौ – सनसिल्क स्याम्पुभित्र लुकाएर ल्याएको सय ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट आज बिहान एक जना पक्राउ परेका छन् ।

सलाम एअरवेजको उडान नं.४२७ मार्फत ओमनबाट आएका सिराहाका निरञ्जनकुमार सिंह एक सय ग्राम सुनसहित पक्राउ परेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश भटराईका अनुसार पक्राउ परेका सिंहले सनसिल्क स्याम्पुको झोलमा मिसाएर उक्त १०० ग्राम सुन लुकाएर ल्याएका थिए ।

अहिले सिंहलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ ।यो पनि… नेपालमा एक भारतीय पत्रकार थुनामा रहेका छन् ।१०० डलरका नक्कली नोट फेला पारेपछि झापाको चन्द्रगढी विमानस्थलबाट उनलाई पक्राउ गरिएको छ ।

भारतले भने ‘छोटो फिल्मको छायांकनका लागि आवश्यक पर्ने भएको उक्त नक्कली नोट छापेको हुनसक्ने दावी गरेको छ ।सोही आरोपमा सात महिनाभन्दा बढी समयदेखि झापा कारागारमा थुनिएका भारतीय फोटोग्राफरलाई रिहा गर्न नेपाली फोटो पत्रकारहरूको समूहले माग गरेको छ । ।

पश्चिम बंगालको हावडा जिल्लाको साल्कियाका २४ वर्षीय दुर्लभ रोय चौधरीले विभिन्न समाचार संस्थाहरूमा स्वतन्त्र फोटोग्राफरको रूपमा काम गरेका थिए। उनको “Snipper Monk Travels” नामक युट्युब च्यानल पनि छ।

कोलकाताबाट सिलगढी र काँकडभिट्टा नाका हुँदै नेपाल आउँदै गर्दा उनलाई झापा जिल्लाको चन्द्रगढी विमानस्थलबाट पक्राउ गरिएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।आफ्नो लिंक्डइन पेजमा आफूलाई नेशनल ज्योग्राफिक योगदानकर्ता भनेर चिनाउने चौधरीलाई बुद्ध एयरको काठमाडौंको उडानमा चढ्नुअघि विमानस्थलमा सुरक्षा जाँचका क्रममा पक्राउ गरिएको थियो।

खोजीका क्रममा प्रहरीले उनको साथबाट अमेरिकी डलर १०० दरका २२६ नक्कली नोट फेला पारेको थियो ।चौधरीलाई झापा जिल्ला अदालतमा पेश गरी नक्कली विदेशी मुद्रा ओसारपसार गरेको अभियोगमा अदालतको अनुमतिमा झापा कारागारमा राखिएको छ ।राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले उनी कुनै नक्कली नोट काण्डमा संलग्न नभएको दाबी गर्दै रिहाइको माग गरेका छन् ।

युट्युबमा प्रसारण हुन लागेको छोटो चलचित्र ‘मनी इज नथिङ’ को छायांकनका लागि चौधरी नेपाल आएको प्रहरीले अनुसन्धानका क्रममा बताएको छ । त्यही चलचित्रका लागि उनले नक्कली नोट ल्याएको दावी भारतीय पक्षको छ । तर यति धेरै नक्कली त्योपनि हुबहु जस्तो देखिने किन छापियो भन्ने प्रहरीले अनुशन्धान गरिरहेको छ ।

२०७९ असार १०, शुक्रबार प्रकाशित 1 Minute 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार