२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

उपभोक्ताको ढाड से`क्दै मूल्यवृद्धि, खाने तेलमा नसोचेकै मूल्य बृधि भयो

उपभोक्ताको ढाड से`क्दै मूल्यवृद्धि, खाने तेलको मूल्य मात्रै२८ प्रतिशतसम्म बढ्यो (तथ्यांक सहित) ।चालू आर्थिक वर्षको ९ महिने अवधिमा सबै उपभोग्य वस्तुको मूल्य बढेको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि चैतसम्मको अधिकांश उपभोग्य वस्तुको मूल्य उच्चदरमा बढेको हो । यस अवधिमा नेपालको समग्र मुद्रास्फीति (महँगी) ७.२८ प्रतिशत छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

जुन, गत आर्थिक वर्षको सोही अवधिमा ३.१० प्रतिशतमा सिमित थियो । केन्द्रीय बैंकका अनुसार यो वर्ष सबैजसो खाद्य वस्तुको मूल्य उकालो लागेको छ

भने खानेतेल, दाल, गेडागुडी, अण्डा, मासु, पेयपदार्थ लगायतको मूल्य समेत बढिरहेको छ । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत छ ।

यस्तै, गत आर्थिक वर्ष २०७७/७८ को चैत मसान्तको तुलनामा घ्यू तथा तेलको मूल्यवृद्धि २८.३६ प्रतिशतसम्म छ । यसैगरी, दुग्ध पदार्थ तथा अण्डाको मूल्य ११.५६ प्रतिशत बढेको छ भने दाल तथा गेडागुडीको मूल्य १०.५३ प्रतिशतले बढेको छ । यसका साथै, सुर्तीजन्य पदार्थको मूल्य ८.९१ प्रतिशतले बढेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

साथै, गैर-खाद्य तथा सेवा समूह अन्तर्गत यातायात भाडा २०.१६ प्रतिशतले बढेको छ । यसैगरी, शिक्षातर्फको महँगी ८.७९ प्रतिशतले बढ्दा विविध वस्तु तथा सेवाको महँगी ८.१७ प्रतिशतले बढेको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यसरी, चालू वर्षको समग्र मूल्यवृद्धि हेर्दा खानेतेलको मूल्य सबैभन्दा धेरैले बढेको छ भने सार्वजनिक यातायातको भाडा पनि उच्चदरले बढेको पाइएको छ । यस्तै, यस अवधिमा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२२ प्रतिशत छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यही समयमा तलब तथा ज्यालादर गत वर्षको चैत मसान्तको तुलनामा ८.५२ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क १.८९ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ८.२७ प्रतिशतले बढेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

२०७९ असार १०, शुक्रबार प्रकाशित 1 Minute 513 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार