२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

यूएईका राजकुमार शेखले दुर्गा प्रसाईलाई दिएको लौरोबारे यस्तो रहस्य बाहिरियो (भिडियो)

सुत्नु यो अघि पिउनुहोस्, शरीरको बोसो अचम्मले पग्लिएको हेर्नुहोस्
यूएईका राजकुमार शेखले दुर्गा प्रसाईलाई दिएको लौरोबारे यस्तो रहस्य बाहिरियो, जुन लौरो ति राजकुमारका बाबुले मर्नुअघि छोरालाई सम्झना स्वरुप दिएका रहेछन्, हेर्नुहोस् भिडियो

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ले यतिबेला नेपालमा हलचल मच्चाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालय अनभिज्ञ रहेको बताएको उक्त लौरो दुर्गा प्रसाईंले सरकारलाई हस्तान्तरण गर्न आँफु तयार रहेको बताइरहेका बेला उनले कार्यक्रम द प्रकाश सुवेदी शोमा उक्त सुनको लौरोको रहस्य खोल्दै आँफुले उक्त झोला नै नखोलेको र काठमाडौँबाट फर्किए लगत्तै हेर्ने समेत बताएका छन् ।

दुबईका राज परिवारका सदस्यले दिएको उक्त लौरोबारे थप रहस्य खोल्दै उनले भने उक्त लौरो संयुक्त अरब इमिरेट्स ९यूएई०का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमका बुबाले मर्नु अघि छोरालाई दिएको अन्तिम उपहार भएको बताए ।

बाबुले मृत्युबरण गरिरहँदा पाएको मायाको चिनो राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले आँफुलाई दिएर यूएई र नेपालको मित्रताको एउटा इट्टा थपिएको बताए ।

२०७९ असार १०, शुक्रबार प्रकाशित 0 Minutes 146 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार