२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घट्यो : आयल निगम(हेर्नुस)

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक थानीले चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर रहेकोमा वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको तर जेठमा घटेर ५९ हजार किलोलिटरमा झरेको बताए ।

वैशाख महिनामा भन्दा जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको छ । चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर थियो । वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको थियो । तर जेठमा भने घटेर ५९ हजार किलोलिटरमा झरेको छ, निर्देशक थानीले भने ।

सरकारले इन्धन खपत कम गर्न भन्दै जेठ महिनामा आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकार आइतबार बिदा दिने निर्णयबाट पछि हटिसकेको छ । असार १ गतेदेखि आइतबारको बिदा कटौती भएको छ ।

त्यस्तै निर्देशक थानीले आयल निगमले छिट्टै ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलगअलग मूल्य तोकेर जाने बताए । औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्यास सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्यासको गन्ध र सिलिन्डरको रङ फरक बनाउने उनले जानकारी दिए ।

ग्यासमा दोहोरोमूल्य कायम गर्नुका लागि गुणस्तर तथा नापतौल विभागको महानिर्देशकको नेतृत्वमा विज्ञ सदस्य सहितको समितिले अध्ययन गरिरहेको पनि उनले बताए ।

२०७९ असार ६, सोमबार प्रकाशित 0 Minutes 84 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार