२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

खाना पकाउने ग्यास, व्यापारिक र घरायसी प्रयोजनमा अब छुट्टाछुट्टै मूल्य !

काठमाडौं– नेपाल आयत निगमले खाना पकाउने (एलपी) ग्यासमा घरायसी र व्यापारिक प्रयोजनको लागि फरक मूल्य निर्धारण गर्ने भएको छ।

निगमले असार मसान्त अगावै व्यापारिक प्रयोजन र घरायसी प्रयोजनको लागि छुट्टा–छुट्टै मुल्य कायम गर्ने भएको हो।

निगमले ग्यासको दोहोरो मुल्य कायम गर्नका लागि अध्ययन समिति गठन गरेको थियो। उक्त समितिले सञ्चालक समितिलाई अध्ययन प्रतिवेदन बुझाएपछि दोहोरो मुल्य कायम गरिने निगमका कार्यकारी निर्देशक उमेश थानीले जानकारी दिए।

उनका अनुसार निगमले सिलिण्डरको आकार, रङ्ग, ग्यास गन्धको आधारमा व्यापारिक प्रयोजन र घरायसी प्रयोजन छुट्याएर मूल्य निर्धारण गर्नेछ।

उक्त अध्ययन समितिले असार मसान्त अगावै प्रतिवेदन बुझाउने र सोहीअनुसार नयाँ मूल्य कायम हुने थानीको भनाइ छ। ग्यासमा दोहोरो मूल्य निर्धारण गर्दा घरायसी प्रयोजनका ग्यास सस्तो पर्न सक्ने थानीले बताए।

२०७९ असार ६, सोमबार प्रकाशित 0 Minutes 209 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार