अन्य वा अपरिचित व्यक्तिको भिडियो खिचेर टिकटक बनाउने, फेसबुकमा भिडियो राख्ने जस्ता प्रवृत्ति मौलाएको छ । आफ्नो मनोञ्जनका लागि अरुको भिडियो जथाभावी राख्दा के हुन्छ ?
सम्भवतः प्रयोगकर्ताहरु अनभिज्ञ छन् ।
अरुको अनुमति नलिई जथाभावी खिचिएका भिडियो यसरी सामाजिक सञ्जालमा अपलोड गर्नु ‘अ पराध’ मानिन्छ । ‘यो विद्युतीय अ’पराध हो,’ सामाजिक सञ्जाल विज्ञ विजय लिम्बू सेनिहाङ भन्छन्, ‘यस्तो कृत्य गर्नेलाई द’ण्ड ज’रिवानाको स’जाय हुन्छ ।’
कुनै व्यक्तिको फोटो भिडियो उसको अनुमति बिना हाल्यो भने उसको गो’पनीयता भंग हुन सक्छ । जसरी कसैको घरमा बिना अनुमति पस्न पाइँदैन, त्यसरी नै कसैको अनुमति बिना उसको फोटो भिडियो पनि राख्न नपाइने सेनिहाङले बताए ।
कसैको अनुमति बिना उसको फोटो भिडियो फेसबुक तथा टिकटकमा राख्न पाइँदैन भन्ने भन्ने कानुन छ । तर यो कानुनको विषयमा कमैलाई मात्र थाहा छ ।
उनी भन्छन्, ‘यस्तो तस्वीर र भिडियो सामाजिक सञ्जालमा राख्न पाइन्छ, यस्तो पाइँदैन भन्ने जानकारी सरकारी स्तरबाटै दिनु जरुरी छ । यो विषयमा थाहा नभएका कारण नै यस्ता समस्या बढिरहेको छ ।’
एक वर्ष जेल, १० हजार जरिवाना

‘यो विषयमा अहिलेसम्म धेरै उजुरी त परेको छैन । तर यो विषयलाई साइबर ब्युरोले पनि हेर्ने भएकाले उता पनि उजुरी परेको हुनसक्छ ।’
कानुनमा यस्तो छ व्यवस्था
तर कुनै व्यक्तिलाई लक्षित गरेर फोटो भिडियो खिच्न र त्यसलाई तोडमोड गरेर अपलोड गर्न पनि नपाइने अधिवक्ता प्रवीन भण्डारी बताउँछन् । ‘यो प्रतिलिपि अधिकार विपरीत र गोपनीयताको कसुर हो ।’
यो व्यक्तिवादी फौजदारी हो । त्यसैले यसको उजुरी गर्न आरोप पत्र लिएर अदालत नै जानुपर्ने भण्डारी बताउँछन् । ‘यस किसिमको अ’पराध व्यक्तिवादी हो भने आफैंले प्रमाण जुटाउनुपर्छ प्रहरीले मद्दत गर्दैन, सरकारवादी हो भने मात्र प्रहरीकहाँ जाने हो ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।