२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

भर्खरै बालेनको यस्तो घोषणा, महानगरबासीमा छायो खुशीयाली ! गरे जनप्रिय निर्णय (भिडियो हेर्नुहोस)

काठमाडौँ महानगरका ३२ वटै वडामा क्लिनिकको व्यवस्था गर्ने घोषणा गर्दै मेयर साहले भने,, “चिकित्सक, नर्स र प्रयोगशाला राख्छौँ ।

क्लिनिकमा मुटु, मिर्गौला तथा कलेजो एवं रगत, रक्तचाप, मधुमेहको सामान्य परीक्षण गर्न सक्ने पूर्वाधार निर्माण गर्छौं । यस्तै, महानगर क्षेत्रमा रहेका ९२ सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिने र विद्यालयको स्तरोन्नति सुरु गर्ने समेत मेयर साहको भनाई छ। कम्तीमा छ महिनामा एकपटक निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाउछौँ ।

यसले ठूलो रोग लाग्नभन्दा अगाडि नै थाहा पाउन सकिन्छ । पाठेघर र स्तनको क्यान्सरको ‘स्क्रिनिङ’ गराउने योजना छ । क्यान्सरको स्क्रिनिङ र प्रयोगशाला ३२ वटै वडामा राख्न सक्यौँ भने ठूलो रोग लागेर अस्पताल धाउनुपर्ने र धेरै खर्च व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुने मेयर साहको भनाई छ ।

यस्तै, विद्यालयको स्तरोन्नति स–साना कुराबाट सुरु गर्ने समेत मेयर साहको भनाई छ। विद्यालयमा पूर्वाधारको विकास गरिनेछ । विद्यार्थीलाई भर्ना गर्नुअगावै अभिभावकले अनुभूति गर्नेगरी विद्यालयको स्तरोन्नति गर्नेछौँ । पूर्वाधार, सरसफाइ तथा स्वच्छ वातावरणको तय गरिनेछ । मेयर साहले भने,
विद्यार्थीका लागि आवश्यक खेल मैदानको व्यवस्था गरिनेछ ।

प्रभावकारी शिक्षण सिकाइका लागि प्रविधिको प्रयोग र बालबालिकासँग गरिने अन्तरक्रियाबारेमा विदेशबाट विशेषज्ञ झिकाएर शिक्षकका लागि आवश्यक तालिमको व्यवस्था गर्नेछौँ ।”

२०७९ असार ५, आईतवार प्रकाशित 0 Minutes 292 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार