
काठमाडौं । प्रेम सम्बन्धपछिको विवाहले डर`लाग्दो रुप लिएको छ । काठमाडौँको जोरपाटीमा डेरा गरि बस्ने २५ वर्षकी शिला घलेले आफ्नै २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको च`क्कु प्रहार गरि ह`त्या गरेकी छिन् ।
गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएका स्याङ्तानलाई सामान्य घरायसी विवादको क्रममा शिलाले तरकारी काट्ने चक्कुले छातीमा प्र`हार गर्दा ज्या`न गएको हो ।
छिमेकीका अनुसार सधै घर झगडा भइरहने र शिलालाई धेरै रिस नगर्न आग्रह गर्दै आएको बताए ।
घटना घट्ने दिन पनि शिला र जालमानको झगडा भएको र दुई मुक्का जालमानले हानेपछि शिलाले जवाफमा च`क्कु प्र`हार गरेको छिमेकी बताउँछन् ।
च`क्कु प्र`हारबाट शक्त घाइते भएका जालमानलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृ`त्यु भएको हो । त्यसपछि श्रीमती शिलालाई प्रहरीले प`क्राउ गरि अनुसन्धान अगाडी बढाएको छ ।
शिला घलेलाई अहिले कानूनी कारबाही भएको छ । उनले काराबासको जीवन विताइरहेकी छिन् । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को भाग–२ को परिच्छेद १२ मा उल्लेख भएको ज्यान सम्बन्धी मु`द्धा उनले खेपेकी छिन् । अपराध नगरौँ । अपराध मुक्त समाजको कल्पना गरौँ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।