
चितवनमा मान्छे खाने नरभक्षी बाघ नियन्त्रणमा यसरी यसरी लिएको थियो नियन्त्रणमा भिडियो सहित हेर्नुहोस
चितवन- पश्चिम चितवनमा हिंस्रक बन्दै आएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघलाई आज साँझ ६ बजे भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनबाट नियन्त्रणमा लिइएको हो ।
बाघको आक्रमणबाट स्थानीय २३ वर्षीया रेखा बस्नेतको मृत्यु भएको थियो । सो बाघले आज बिहान निगुरो टिप्न गएकी बस्नेतलाई आक्रमण गरेको थियो ।
बाघलाई चितवन राष्ट्रिय निकुञ्जको सौराहामा रहेको खोरमा राखिने छ । बाघ नियन्त्रणमा लिनका लागि आज दिउँसोदेखि प्रयास थालिएकोमा साँझ ६ बजे डार्ट गरिएको उहाँले जानकारी दिनुभयो ।
यस आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले तीन वटा नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ ।बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जको टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी एवं हात्ती प्रयोग गरिएको थियो ।
यो पनि – महामारीको बाबजुद कतार एयरवेजले १.५४अर्ब डलर मुनाफा गरेको दावी
कतार एयरवेजले आर्थिक बर्ष २०२१–२०२२ मा १.५४ अर्ब अमेरिकी डलर बराबरको नाफा गरेको छ । कोरोनाभाइरस महामारीको समय कम्पनीलाई आर्थिक सङ्कटबाट जोगाउन ‘सफल रणनीति’ बनाई सङ्कटमा पनि मुनाफा कमाउन कतार एअरवेज सफल भएको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।