२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

पत्रकारलाई मेयर बालेन साहले दुर्व्यवहार गरेको भिडियो सार्वजनिक

केन्द्रमा पुगेका हिमालय टेलिभिजनका टिभि जर्नालिष्टलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले दुर्व्यवहार गरेको भिडियो बाहिर आएको छ ।

समाचार संकलनका लागि टेकुस्थित वातावरण विभाग पुगेका हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अभिष्ट लामालाई साहले धम्की दिँदै फोहोर व्यवस्थापन सम्बन्धी खिचेको भिडियो मेटाउन दवाव दिएको भिडियो बाहिर आएको हो ।

समाचार संकलनमा पुगेका पत्रकारलाई मेयर बालेन रहेको स्थानबाट धकेलेर बाहिर निकाल्न लगाएको भिडियोमा देख्न सकिन्छ ।

महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थाबारे समाचार संकलनका लागि हिमालय टेलिभिजनका पत्रकार दिउँसो १ बजे त्यहाँ पुगेको टेलिभिजन समाचार शाखाले जनाएको छ ।

बाहिर आएको भिडियोमा मेयर साहले पत्रकारलाई तिमी भनेर बोलिरहेको देखिन्छ भने पत्रकारले सम्मानजनक शब्दमा बोलिरहेको सुन्न सकिन्छ ।यसैबीच नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर पत्रकारलाई मेयर साहले दुर्व्यवहार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप रहेको विज्ञप्तिमा उल्लेख छ ।

महासंघका महासचिव रोसन पुरीले निकालेको विज्ञप्तिमा संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।

२०७९ असार १, बुधबार प्रकाशित 0 Minutes 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार